*विश्व श्रवणदृष्टि विहीन महासंघ (WFDB), २०१८सीआरपीडी र एसडीजी कार्यान्वयनमा वहिष्करणको जोखिम: श्रवणदृष्टि विहीन  व्यक्ति र असमानता।

तान्जानियामा अपाङ्गता भएका व्यक्तिहरू धेरै विपन्न र सिमान्तकृत समूहमा पर्दछन् । श्रवणदृष्टि विहीन छुट्टै प्रकारको अपाङ्गता हो भन्ने मान्यता छैन । त्यसैले उनीहरूको छुट्टै आवश्यकता सम्बोधन गर्ने प्रकारका सेवा र सहयोगहरू प्राप्त गर्न गार्हो छ ।

अपाङ्गता भएका व्यक्ति सम्बन्धी ऐन २०१० ले अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा, सामाजिक सहयोग, पहुँचयुक्तता, पुनःस्थापना, शिक्षा तथा व्यवसायिक तालीम, सञ्चार, रोजगारी वा कामदार संरक्षण सम्बन्धी व्यवस्था गरी सम्बन्धित क्षेत्रमा सुविधा प्रदान गर्नुपर्ने प्रावधान राखेको छ ।

श्रवणदृष्टि विहीन व्यक्तिलाई सान्दर्भिक सूचनामा पहुँच, समाचार, सञ्चार, खेलकुद, दैनिक जीवनयापन, र सामाजिक अन्तर्क्रियामा पहुँच प्राप्त गर्न अप्ठ्यारो पर्ने गरेको छ । जन्मजात श्रवणदृष्टि विहीन र पछि विकास भएको श्रवणदृष्टि विहीनमा यो अनुभव फरक भए तापनि, आफूलाई चाहिने व्यक्तिगत सहयोगमा पहुँच प्राप्त गर्न खोज्दा उनीहरूले सामना गर्ने चुनौतीहरू उस्तै प्रकारका छन् ।

प्रविधिमा पहुँचको व्यवस्थाले श्रवणदृष्टि विहीनव्यक्तिको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ । यसले सूचना प्राप्त गर्ने, अन्य व्यक्तिहरूसँग सञ्चार गर्ने र दैनिक जीवनमा सहभागी हुने नयाँ उपाय प्रदान गर्छ । यी स्रोत सामग्रीहरूले श्रवणदृष्टि विहीन व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई जीवनयापन गर्न, सिक्न र वृद्धी विकास गर्न सहयोग पुर्याउँछन् ।