*विश्व श्रवणदृष्टि विहीन महासंघ (WFDB), २०१८सीआरपीडी र एसडीजी कार्यान्वयनमा वहिष्करणको जोखिम: श्रवणदृष्टि विहीन  व्यक्ति र असमानता।

श्रवणदृष्टि विहीनलाई एक छुट्टै प्रकारको अपाङ्गता भनी मान्यता दिइएको छ र श्रवणदृष्टि विहीन व्यक्तिको हेरचाहको निम्ति व्यवस्था गरिएको छ । पेरुको ऐन नम्बर २९५२४ (सन् २०१०)ले श्रवणदृष्टि विहीन अवस्थालाई यसरी परिभाषित गरेको छः

सञ्चार, गमनशिलता र सूचनामा पहुँच र वातावरणमा असर पार्ने गरि धेरै र गम्भीर रूपले एकैसाथ पूर्ण वा आंशिक रूपमा श्रवण र दृष्टि सम्बन्धी क्षमतामा सिमितता भएको अपाङ्गता ।

यसको अर्थ यसलाई दोहोरो अपाङ्गताको रूपमा बुझिएको छ र यसले व्यक्तिको समष्टिगत आवश्यकतामा ध्यान दिएको छ । परिभाषा गरिनु आफैँमा उपलब्धी भए तापनि, सेवामा पहुँच, पहुँचयुक्त सञ्चार र श्रम बजारको लागि तालीम र एकीकरण सम्बन्धी प्रगति सुस्त छ ।

सन् २०१७ को जनगणनाले पेरुमा अपाङ्गता भएका व्यक्तिको शैक्षिक स्तर कमजोर भएको देखाएको थियो । अपाङ्गता भएका व्यक्तिको १४ प्रतिशत जनसंख्याले कुनै पनि शिक्षा प्राप्त गरेका थिएनन् भने ३२ प्रतिशत जनसंख्याले प्राथमिक तहभन्दा माथि अध्ययन गरेका थिएनन् ।** शिक्षामा पहुँच प्राप्त गरेका व्यक्तिहरूको लागि पनि विद्यालयहरू उनीहरूलाई समावेश गर्न पर्याप्त रूपमा तयार नरहेको, र गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूले प्रशिक्षित नरहेको महशुस गरेको पाइएको थियो ।

श्रवणदृष्टि विहीन व्यक्तिहरू अझै पनि सिमान्तकृत छन् र उनीहरूलाई आफ्नो विशिष्ट आवश्यकता पूरा गर्न र आफ्नो समुदायमा अझै सक्रिय सहभागी हुन सहयोग र पहुँचयुक्तताको आवश्यकता छ ।

प्रविधिमा पहुँचको व्यवस्थाले श्रवणदृष्टि विहीनव्यक्तिको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ । यसले सूचना प्राप्त गर्ने, अन्य व्यक्तिहरूसँग सञ्चार गर्ने र दैनिक जीवनमा सहभागी हुने नयाँ उपाय प्रदान गर्छ । यी स्रोत सामग्रीहरूले श्रवणदृष्टि विहीन व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई जीवनयापन गर्न, सिक्न र वृद्धी विकास गर्न सहयोग पुर्याउँछन् ।