हामी वेब सामग्रीहरूलाई पहुँचयुक्त बनाउने सम्बन्धी व्यवस्था डब्ल्युसीएजी गाइडलाइन ( WCAG guidelines) को पछिल्लो सँस्करण पालना गर्न पूर्ण प्रतिवद्ध छौँ । त्यसैगरि तपाईंले दृष्टि, स्पर्श वा बोलीमध्ये जुनसूकै माध्यमले ग्लोबल रिसोर्स हबमा पहुँच प्राप्त गर्न खोजे तापनि हाम्रो सामग्री पहुँचयुक्त भएको सुनिश्चित गर्नमा पनि प्रतिवद्ध छौँ ।
यसको लागि तपाईंले आफ्नो कम्प्युटरको अपरेटिंग सिस्टम र इन्टरनेट ब्राउजरमै भएको पहुँचयुक्तता व्यवस्थाको पनि प्रयोग गर्न सक्नुहुनेछ। तपाईले आफ्नो डिभाइसको सेटिङहरू परिवर्तन गरेर आफ्ना प्राथमिकताहरू निर्धारण गर्न सक्नुहुन्छ । त्यसपछि तपाईले प्रयोग गर्ने कुनै पनि वेबसाइटमा ती प्राथमिकता वा सेटिङ्का व्यवस्थाहरू स्वतः लागु हुनेछन् ।
कलर कन्ट्रास्ट अनुकुलन गर्नु वा फण्टको आकार बढाउनु अनुकुलनका केही सामान्य उदाहरणरू हुन् । यसको प्रक्रियाबारे केही मार्गदर्शन यहाँ उपलब्ध छ । यो मार्गदर्शन तपाईले प्रयोग गर्ने डिभाइस वा सफ्टवेयरको आधारमा फरक हुनसक्नेछन् ।
अक्षरलाई कसरी ठूलो बनाउने
कम्प्युटरमा:
- अक्षर ठूलो बनाउन Ctrl + प्लस (+) थिच्नुहोस् ।
- अक्षर सानो बनाउन Ctrl + माइनस (-) थिच्नुहोस् ।
- अक्षरको आकार रिसेट गर्न Ctrl + 0 थिच्नुहोस् ।
- म्याक कम्प्युटरमा Ctrl को सट्टा Cmd प्रयोग गर्नुहोस्।
- वा ब्राउजरमा गई सेटिङमा जानुहोस् र “जूम” वा “फन्ट साइज” खोज्नुहोस् ।
म्याक कम्प्युटरमा:
म्याक कम्प्युटरमा एप्पल मेनु मा जानुहोस्, त्यसपछि सिस्टम सेटिङ्स्मा जानुहोस्, त्यसपछि साइडबारमा रहेको पहुँचयुक्तता मा थिच्नुहोस् ।
- डिस्प्लेमा क्लिक गर्नुहोस्, स्क्रोल गर्दै टेक्स्टसम्म पुग्नुहोस्, त्यसपछि “टेक्स्ट साइज” क्लिक गर्नुहोस्।
- डेस्कटपमा, एपहरूको साइडबारमा वा सूचीकृत एपहरूमा अक्षरको आकार बढाउन स्लाइडरलाई दायाँतिर तान्नुहोस् । (युज प्रिफर्ड रिडिङ् साइज निर्धारण गरिएको भने)
- आईफोन (सफारी)मा: सेटिङ मा जानुहोस् > एप्समा जानुहोस् >सफारी > पेज जुम र आकार छान्नुहोस्।
- एन्ड्रोइड (क्रोम) मा: तीन बिन्दुहरूमा (माथि दायाँ) ट्याप गर्नुहोस्, त्यसपछि, सेटिङमा जानुहोस्, पहुँचयुक्ततामा जानुहोस्, र अक्षरको आकार छान्ने स्लाइडर सार्नुहोस्।
आफ्नो एन्ड्रोइड डिभाइसलाई व्यवस्थित गर्ने अन्य उपायहरूः एन्ड्रोइड डिभाइसमा पहुँचयुक्तताको परिचय
राम्रो कन्ट्रास्टको लागि कलरहरू कसरी परिवर्तन गर्ने
- विण्डोज्:
- डार्क रीडर वा मिडनाइट लिजार्ड जस्ता नि: शुल्क उपकरणहरू प्रयोग गर्नुहोस्।
- कलर परिवर्तन गर्न सेटिङ>एक्सेसिबिलिटी>कन्ट्रास्ट थिममा जानुहोस् ।
- उच्च कन्ट्रास्टलाई चालू वा बन्द गर्न Alt + Left Shift + PrintScreen थिच्नुहोस् ।
- म्याक (सफारी):
- नाइटशिफ्ट डार्क मोड (नि: शुल्क) प्रयोग गर्नुहोस्।
- कलर परिवर्तन गर्नCmd + Alt + Ctrl + 8 थिच्नुहोस्।
- आईफोन:
- सेटिङ> डिस्प्ले एण्ड टेक्स्ट साइज>एक्सेसिबिलिटी मा जानुहोस् ।
- कन्ट्रास्ट बढाउनुहोस् वा स्मार्ट इनभर्ट चालू गर्नुहोस्।
- छिटो परिवर्तन गर्न, एक्सेसिबिलिटी सर्टकटमा जानुहोस् र द्रुत पहुँचयुक्ता सेट अप गर्नुहोस्।
- क्रोमबुक (क्रोम ब्राउजर): कलर परिवर्तन गर्नCtrl + Search + H थिच्नुहोस्।
- एन्ड्रोइड (विकल्पहरू डिभाइसको प्रकारमा निर्भर गर्दछन्):
- सामसुङः सेटिङ > एक्सेसिबिलिटी > भिजिबिलिटी इन्हान्समेन्ट > कलर इन्भर्जन वा सेटिङ >थिम > सेलेक्ट द थिम मा जानुहोस् ।
- गूगल पिक्सेल: सेटिङ > एक्सेसिबिलिटी > कलर & मोसन > कलर इन्भर्जन मा जानुहोस् ।
- फायर ट्याब्लेट: सेटिङ > एक्सेसिबिलिटी > कलर इन्भर्जन मा जानुहोस् ।
- क्रोमबुक (क्रोम ब्राउजर): कलर परिवर्तन गर्नCtrl + Search + H थिच्नुहोस् ।
आफ्नो ब्राउजर, अपरेटिंग सिस्टम र कम्प्युटर, स्मार्टफोन वा ट्याब्लेटको माध्यमले पहुँचयुक्ततामा सुधार गर्ने थुप्रै तरिकाहरू छन्। आफ्नो अनलाइन अनुभव सुधार गर्न मोबाइल एपहरूमा हाम्रो जानकारी पृष्ठमा हेर्नुहोस् ।
पहुँचयुक्तता सम्बन्धी अन्य व्यवस्थाहरू
एन्ड्रोइड र क्रोमबुक
एन्ड्रोइडमा पहुँचयुक्तता सम्बन्धी व्यवस्थाहरू
क्रोमबुकमा पहुँचयुक्तता सम्बन्धि व्यवस्थाहरू
आफ्नो एन्ड्रोइड उपकरणको लागि गुगलबाट पछिल्ला पहुँचयुक्तता अद्यावधिकहरू पनि हेर्न सक्नुहुनेछ
आईओएस – एप्पल
श्रवणका लागि पहुँचयुक्ताका व्यवस्थाहरू
दृष्टिका लागि पहुँचयुक्तताका व्यवस्थाहरू
बोलीका लागि पहुँचयुक्तताका व्यवस्थाहरू
गमनशीलताका लागि पहुँचयुक्तताका व्यवस्थाहरू
ब्राउजरको पहुँचयुक्तता सम्बन्धी व्यवस्था
धेरै ब्राउजरहरूमा मद्दतको लागि अतिरिक्त उपकरणहरू हुन्छन् । तिनीहरूको पहुँचयुक्तता सम्बन्धी व्यवस्थाको बारेमा पत्ता लगाउन केही लोकप्रिय लिङ्कहरूमा क्लिक गर्नुहोस्: