यो कसको लागि उपयोगी हुनेछ?

श्रवणदृष्टि विहीनताका बारेमा जान्न चाहने सबैलाइ यो भिडियो उपयुक्त रहेको छ । यस भिडियो बाट श्रवणदृष्टि विहीनतामा भएको विविधता, उनिहरूका अवश्यता र उनीहरूले गर्ने सञ्चारका तरिकाका बारेमा जो कोहीले पनि जानकारी पाउने छन् । खास गरि शिक्षक, अभिभावक, स्वास्थ्यकर्मि लगायतका समुदायलाइ यस भिडियोले जानकारी प्रदान गर्ने छ ।

प्रकाशित मिति
मे 2023
सिर्जना
राष्ट्रिय बहिरा महासंघ नेपाल-श्रवण दृष्टि विहीनता राष्ट्रिय स्रोत केन्द्र ।
स्वीकारोक्ती
JOA, Sense International UK

श्रवणदृष्टि विहीनता जन्मजात र जन्मपछि दुवै समयमा हुन सक्दछ । व्यक्तिको देख्ने र सुन्ने क्षमताका आधारमा पनि श्रवणदृष्टि विहीनतामा विविधता रहेको छ । यस भिडियोमा पुर्ण श्रवणदृष्टि विहीनता, पुर्ण दृष्टि विहीन/दृष्टि विहीन र सुस्त श्रवण, बहिरा र न्युनदृष्टियुक्त, सुस्तश्रवण र न्युनदृष्टियुक्त श्रवणदृष्टि विहीनता र उनीहरूले गर्ने सञ्चार र उनीहरूका आवश्यकताका बारेमा जानकारी राखिएको छ ।

यस स्रोत सामग्रिले श्रवणदृष्टि विहीनतको वास्तविकता देखाएको छ । सुनाइ र हेर्ने क्षमताका अधारमा श्रवणदृष्टि विहीनता विभिन्न प्रकारको रहेको हुन्छ । उनीहरूका अवश्यकता, उनीहरू सँग गरिने सञ्चार पनि फरक फरक हुन्छ ।  श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूको  हेरचाह गर्ने कर्मचारी, शिक्षक वा परिवारका सदस्यहरू र सरकारी अधिकारीहरूका लागि यो भिडियो महत्वपुर्ण जानकारीका रूपमा रहेको छ । यस भिडियो मुख्य गरीः 

  • श्रवणदृष्टि विहीनताको प्रकार 
  • श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका अवश्यकता 
  • फरक फरक श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूले गर्ने सञ्चारका तरिकाहरू 
  • सुनाइ र हेराइमा कठिनाइ भएका बालबालिकाहरू कहिँ कतै देखिएमा उनिहरूको सिघ्र पहिचानका लागि समन्व्य गरिने अदिकुराहरू समावेश गरिएको छ । 

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

सहायक प्रबिधी

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका लागि नेपालमा उपलब्ध सहायक प्रविधिहरू हेर्नुहोस्।

नेपालका स्थानीय समाचारहरु

नेपालका स्थानीय समाचारहरू पढ्नुहोस्।

मोबाइल एपहरु

मोबाइल एप्लिकेशनहरूले तपाईंको अनलाइन अनुभव बढाउन मद्दत गर्दछ। यी सबै नेपालमा उपलब्ध छ ।