पछिल्लो पटक अद्यावधिक गरिएकोः सन् २०२४को फेब्रुअरी महिना

तपाईंको गोपनियतालाई हामी गम्भिरतापूर्वक लिन्छौँ । हामी तपाईंको व्यक्तिगत सूचनाको रक्षा गर्न सधैँ सक्दो प्रयास गर्नेछौँ  । यो गोपनियता सम्बन्धी सूचनामा श्रवणदृष्टि विहीनता सम्बन्धी स्रोतकेन्द्र(deafblindness.info)को प्रयोग गर्दा हामीले तपाईंको व्यक्तिगत सूचना कसरी सङ्कलन गर्छौं, भण्डारण गर्छौं र प्रयोग गर्छौं भन्ने सम्बन्धी जानकारी रहेको छ । यसले हामी सो सूचनालाई सुरक्षित राख्नेछौँ र यसको प्रयोगलाई तपाईंले नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने जानकारी पनि प्रदान गर्दछ ।

यसमा धेरै जानकारी छ भन्ने हामीलाई थाहा छ । तर तपाईंलाई पूर्ण जानकारी होस् भनी धेरै सूचना राखिएको हो ।

हामी तपाईंको व्यक्तिगत सूचना अन्य संस्थाहरूलाई उनीहरूको प्रचार प्रसारको लागि प्रयोग गर्न दिने वा बेच्ने छैनौँ ।

यो गोपनियता सम्बन्धी सूचना तपाईं अर्कै ढाँचा(इजी रिड, अडियो, ठुलो छापा वा ब्रेल)मा चाहनुहुन्छ भने, हाम्रो सपोर्टर सर्भिसेज् टीमलाई सम्पर्क गर्नुहोस्:

ईमेलः SI.info@senseinternational.org.uk

हुलाकः सपोर्टर सर्भिसेज् टीम, सेन्स,

१०१ पेण्टोनभाइल रोड, लण्डन, एन१ ९एलजी

विषयवस्तु

हामी को हौँ

ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हब सेन्स ईन्टरनेशनलले स्थापना गरेको हो ।

सेन्स ईन्टरनेशनल भनेको बङ्गलादेश, भारत, नेपाल, केन्या, पेरू, रोमानिया, तान्जानिया र युगाण्डाका श्रवणदृष्टि विहीन व्यक्तिहरूलाई सहयोग गर्ने विश्वव्यापी सहयोगि संस्था हो । हामी ईङ्ग्ल्याण्ड र वेल्समा च्यारिटी(१०७६४९७) वा सहयोगि संस्थाको रूपमा दर्ता भएको संस्था हौँ र ग्यारेन्टीमार्फत सिमित दायित्व भएको कम्पनी(०३७४२९८६) हौँ । 

हाम्रो काम श्रवणदृष्टि विहीन व्यक्तिहरूले प्रगति गर्दै आफ्नो पूर्ण सम्भाव्यता अनुसारको जीवनयापनको लागि उनीहरूले शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको माध्यममा पहुँच पाउन सकून् भनी सुनिश्चित गर्नेमा केन्द्रीत छ ।  सबै श्रवणदृष्टि विहीन व्यक्तिहरू समाजको समान र सक्रिय सदस्य बन्न सक्षम बनाउने हाम्रो सोच अनुसार काम गर्नको लागि हामी सहयोगीहरूको सहयोगमा भर पर्दछौँ ।

सेन्स ईन्टरनेशनल सेन्स  ”परिवार”को सदस्य हो । सेन्स ईङ्ग्ल्याण्ड र वेल्समा दर्ता भएको च्यारिटी(२८९८६८) वा सहयोगि संस्था हो र ग्यारेन्टीमार्फत सिमित दायित्व भएको कम्पनी(०१८२५३०१) हो। यसको औपचारिक नाम सेन्स, द नेशनल डेफब्लाइण्ड एण्ड रुबेला एशोशियशन हो । यो गोपनियता सम्बन्धी सूचनामा ‘सेन्स’ वा ‘हामी’, ‘हामीले’, ‘हामीलाई’, ‘हाम्रो’, ‘हाम्रा’ भन्नाले सेन्स ईन्टरनेशनल वा सेन्सलाई जनाउँछ ।

हाम्रो दर्ता गरिएको ठेगानाः १०१ पेण्टनभाइल रोड, लण्डन, एन१ ९एलजी, युनाइटेड किङ्डम हो । सेन्सको पनि ठेगाना यही हो । ईङ्ग्ल्याण्ड, नर्थन आयरल्याण्ड र वेल्सका विभिन्न भागमा सेन्सका कार्यालयहरू, सेवाहरू र पसलहरू रहेका छन् ।

हामी कुन कुन व्यक्तिगत सूचना सङ्कलन गर्छौं

सुरुमा, हामी ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स् हब मार्फत् कुन कुन व्यक्तिगत सूचना सङ्कलन गर्दछौं र कसरी सङ्कलन गर्दछौं भन्ने बारे जानकारी प्रदान गर्न चाहन्छौं ।

तपाईंले हामीलाई दिने सूचना

यो भनेको तपाईंले हामीलाई हुलाक मार्फत्, फोन गरेर, ईमेल गरेर वा अन्य तरिकाले सम्पर्क गरेर दिने सूचना हो । तपाईंले कुनै सोधपुछ गर्दा, स्रोतहरूको बारेमा सुझाव दिँदा वा हाम्रो साइटमा रहेको सामाजिक सञ्जालको क्रियाकलाप प्रयोग गर्दा दिने सूचना हो ।

युकेको तथ्याङ्क संरक्षण ऐन अनुसार कुनै कुनै व्यक्तिगत सूचनाहरू अलि बढी संवेदनशिल हुन्छन्  भन्ने उल्लेख गरेको छ। यस्तो सूचनालाई ‘संवेदनशिल’ वा ‘विशेष वर्ग’का व्यक्तिगत सूचना भनिन्छ । उदाहरणको लागि, व्यक्तिको अपाङ्गता सम्बन्धी सूचना ‘संवेदनशिल’ वा ‘विशेष वर्ग’का व्यक्तिगत सूचना हुनसक्छन् । हामी ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हबमा सामान्यतः यस्तो सूचना सङ्कलन गर्दैनौँ । तर तपाईंको सोधपुछको प्रकृतिको कारण हामीले त्यस्तो सूचना सोध्नुपर्ने भयो भने हामीले किन त्यस्तो सूचना सोधेका हौँ, र हामीले त्यसको प्रयोग कसरी गर्छौं भनी हामी व्याख्या गर्नेछौं ।

हामीले तपाईंको सूचनालाई कसरी प्रयोग गर्छौं भनी जान्न तपाईंको सूचनालाई हामी के गर्छौं खण्ड पढ्न सक्नुहुनेछ ।

तपाईंले तेस्रो पक्षको सूचना हामीलाई दिनुभयो भने (उदाहरणको लागि, यदि तपाईंले कुनै परिवार सदस्यको बारेमा सोध्नुभएको छ भने), हामीले तपाईंसँग तपाईंले सम्बन्धित व्यक्तिको अनुमति लिनुभएको छ भनी सुनिश्चित गर्नुपर्नेछ ।

तपाईंले हाम्रो वेबसाइट प्रयोग गर्दा

अन्य धेरै वेबसाइट सरह, हामीले आफ्नो वेबसाइट बनाउने र तपाईंले प्रयोग गर्ने तरिकामा सुधार गर्न ‘कुकिज्’ प्रयोग गर्दछौँ । कुकिज् मार्फत् हाम्रो वेबसाइटले तपाईंलाई सम्झिनेछ र हाम्रो वेबसाइटमा आउने प्रयोगकर्ताको व्यवहार र बारम्बारताबारे समष्टिगत तथ्याङ्क दिनेछ । हामीले प्रयोग गर्ने कुकिजलाई तपाईंले कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ भनी जान्न तपाईंले हाम्रो कुकिज् सम्बन्धी पृष्ठ पढ्न सक्नुहुनेछ ।

हाम्रो वेबसाइटमा रहेको सुझाव सम्बन्धी खण्ड प्रयोग गरि स्रोतसामग्रीको बारेमा तपाईंले सुझाव दिनुभयो भने, हामी त्यो सूचना सुरक्षित तरिकाले भण्डारण गर्नेछौँ, र सम्बन्धित कर्मचारीले मात्रै सो सूचनामा पहुँच प्राप्त गर्नुहुनेछ । सुझाव दिँदा बेनामी तरिकाले पनि सुझाव दिन सकिनेछ । तपाईंले दिएको सूचनामा कुनै व्यक्तिगत जानकारी समावेश गर्नुपर्ने कुनै आवश्यकता छैन । प्राप्त भएका सबै सुझाव एक महिना भित्रमा समीक्षा गरि, आवश्यक कार्य गरि हटाइनेछ ।

पाईंको सूचनालाई हामी के गर्छौं

हाम्रो आशय सधैँ सकारात्मक रहनेछ भन्ने विषयमा ढुक्क रहनुहोस् । तपाईंले आफ्नो सूचना हामीलाई दिनुभयो भने, हामीले त्यसलाई तपाईंले सोधेको सल्लाहको जवाफ दिन प्रयोग गर्नेछौँ । तपाईंले हामीलाई सम्पर्क गर्नुभयो भने, हामीले देहायका क्रियाकलापको लागि तपाईंको तथ्याङ्क प्रयोग गर्नेछौँ :

  • तपाईंले सोधेको सूचना प्रदान गर्न ।
  • हामीले तपाईंलाई सबैभन्दा उपयुक्त सामग्री सञ्चार गरेका छौँ भनी सुनिश्चित गर्न, हामीले तपाईंसँग गरेको कुनै पनि सम्पर्कको अभिलेख राख्न ।
  • हाम्रो वेबसाइटमा हुने गलत क्रियाकलाप वा हाम्रो वेबसाइटको दुरुपयोग रोक्न ।
  • संस्थासँग भएको सम्पर्कको सङ्ख्या र प्रकृतिको बारेमा विश्लेषण गरि प्रतिवेदन पेश गर्न ।

हामी तपाईंको व्यक्तिगत तथ्याङ्क आवश्यक समयको लागि मात्रै भण्डारण गर्दछौँ । सामान्यतः तपाईंले गर्नुभएको अनुरोध पूरा गर्न लाग्ने समय जति मात्रै भण्डारण गर्दछौँ ।

तपाईंको सूचनाको साझेदारी

हामी तपाईंको सूचना जुन प्रयोजनको लागि प्राप्त भएको हो, सोही प्रयोजनको लागि मात्र प्रयोग गर्नेछौँ । हामी तपाईंको सूचना अन्य संघसंस्थालाई उनीहरूको प्रचार प्रसारको लागि बेच्ने वा साझेदारी गर्ने छैनौँ भन्ने विषयमा ढुक्क हुनुहोस् ।

तर, विरलै हुने कुनै कुनै अवस्थामा हामीले तपाईंको सूचना साझेदारी गर्नुपर्ने हुनसक्छ । जस्तैः

  • हामीले आफ्नो अधिकार, सम्पत्ती, वा हाम्रा मानिसहरू वा हाम्रो कार्यालय क्षेत्रमा वा हाम्रो वेबसाइटमा आएका व्यक्तिहरूको व्यक्तिगत सुरक्षाको संरक्षण वा प्रतिरक्षा गर्नुपर्ने महशुस गर्यौं भने ।
  • यदि कानुनी रूपमा हामीले त्यसो गर्नुपर्ने भयो भने । जस्तैः कानुनले अधिकार दिएको कुनै निकायले वैधानिक तरिकाले आफ्नो अधिकार प्रयोग गर्दा वा अदालतको आदेश पूरा गर्ने क्रममा ।

त्यसैगरि, तपाईंले ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हबको बारेमा सुझाव प्रदान गर्दा, हामीले त्यस्तो कतिपय सूचना आफ्नो वेबसाइटमा प्रचारप्रसार गर्न सक्छौँ । त्यसो गर्दा हामी तपाईंको भनाइलाई बेनामी तरिकाले प्रयोग गर्नेछौँ, तर नाम प्रयोग गर्नुपर्ने भयो भने हामी अनुमतिको लागि तपाईंलाई सम्पर्क गर्नेछौँ ।

तपाईंको तथ्याङ्क प्रशोधन गर्ने हाम्रो कानुनी आधार

युक्त अधिराज्य (युके)को डाटा प्रोटेक्शन सम्बन्धी कानुन अनुसार हामीलाई तपाईंको तथ्याङ्क सङ्कलन र प्रशोधन गर्ने कानुनी आधार चाहिन्छ । उक्त कानुनले व्यक्तिगत तथ्याङ्क प्रशोधन गर्ने छ तरिकाहरू(साथै संवेदनशिल व्यक्तिगत तथ्याङ्कको हकमा अतिरिक्त तरिका)लाई अनुमति दिएको छ । ती मध्ये दुई तरिका हामीले ग्लोबल डेफब्लाण्डनेस रिसोर्स हबसँग सम्बन्धित रहेर प्रशोधन गर्ने तथ्याङ्कको हकमा लागु हुन्छन् । ती दुई तरिकाहरू यस प्रकार छन् :

१. व्यक्तिको सहमतिको आधारमा (उदाहरणको लागि, तपाईंलाई ईमेल पठाउन वा फोन गर्न) ।

२. सेन्सको वैधानिक आवश्यकता (थप जानकारीको लागि तल हेर्नुहोस्) ।

तथ्याङ्क प्रयोग गर्ने संस्थाको वैधानिक आवश्यकताको लागि आवश्यक परेमा, र त्यस्तो प्रयोग स्वच्छ भएमा र त्यस्तो प्रयोगले सम्बन्धित व्यक्तिको हित, अधिकार र स्वतन्त्रतालाई हानि नपुर्याउने भएमा कानुन बमोजिम व्यक्तिगत तथ्याङ्क सङ्कलन गरि प्रयोग गर्न सकिन्छ ।

हामीले तपाईको व्यक्तिगत सूचना प्रयोग गर्दा, हामी सधैँ उक्त कार्य गर्न स्वच्छ र सन्तुलित भए नभएको र उक्त कार्य तपाईंको मुनासिब अपेक्षा भित्र रहे नरहेको सधैँ विचार गर्नेछौँ । तपाईंको व्यक्तिगत सूचना मुनासिब तरिकाले प्रयोग गरेको सुनिश्चित गर्न हामी तपाईंको अधिकार र हाम्रो वैधानिक आवश्यकतालाई सन्तुलनमा राखनेछौँ । हाम्रा वैधानिक आवश्यकताहरू यस प्रकार छन् :

  • परोपकारी संस्थाको प्रशासनः हाम्रो परोपकारी प्रयोजनको कार्यहरूको सञ्चालन गर्न, वैधानिक र वित्तीय प्रतिवेदनहरू पेश गर्न र अन्य नियामकीय अनुपालनाका प्रयोजनका लागि र अन्तरसमूह तथ्याङ्क हस्तान्तरणको लागि ।
  • प्रशासन र कार्यसञ्चालन व्यवस्थापनको लागिः माग गरिएका सोधपुछका लागि, सूचना र सेवाहरू प्रदान गर्नका लागि, अध्ययन अनुसन्धान र तथ्याङ्क विश्लेषणका लागि ।
  • श्रवणदृष्टि विहीनता सम्बन्धी सूचनाको सुधारको लागिः ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हबमा प्राप्त प्रतिक्रियाको जवाफ दिँदै सम्बन्धित, उपयुक्त र गुणस्तरीय सामग्री प्रदान गर्ने।

हामीले तपाईंको तथ्याङ्कको संरक्षण कसरी गर्छौं

हामी तथ्याङ्क संरक्षण सम्बन्धी विद्यमान कानुनका प्रावधान बमोजिम तपाईंको व्यक्तिगत विवरणहरूको संरक्षण गर्न उचित प्राविधिक नियन्त्रणहरू भएको सुनिश्चित गर्दछौँ । यसको लागि सुरक्षित सर्भरको प्रयोग, फायरवालहरू र एसएसएल इन्क्रीप्शनहरूको प्रयोग गर्दछौँ ।

हामीले तपाईंको व्यक्तिगत तथ्याङ्कको संरक्षण गर्न अधिकतम प्रयास गर्ने भए तापनि, विडम्बनापूर्ण विषय यो छ कि ईमेल लगायत कुनै पनि इन्टरनेट साइट १०० प्रतिशत सुरक्षित छैन । यसको लागि तपाईंको सूचनामा निश्चत कर्मचारी, स्वयंसेवक वा परामर्शदाताले मात्रै पहुँच पाउन सक्छन् भनी सुनिश्चित गर्न हामी आफूले राखेको तपाईंको सूचनामा क-कसको पहुँच छ भनी लेखाजोखा गर्न नियमित समीक्षा गर्दछौँ ।

हामीले आफ्नो लागि तपाईंको सूचना सङ्कलन वा प्रशोधन गर्न बाह्य कम्पनीहरू पनि प्रयोग गर्न सक्छौँ । हामीले यी कम्पनीहरूसँग काम गर्नुभन्दा अघि यी कम्पनीहरूको बारेमा विस्तृत जाँच गर्ने गर्दछौँ र हाम्रो कार्य सम्बन्धको अवधिभर पनि निकट सम्पर्कमा रहेर काम गर्दछौँ ।

यो वेबसाइटमा काम गर्ने कतिपय सेवा प्रदायकहरूले युरोपेलि आर्थिक क्षेत्र(EEA)मा आफ्नो कार्यसञ्चालन गर्दछन् । त्यसकारणले उनीहरूलाई पनि युकेमा रहेका कम्पनीहरूलाई लागु हुने जस्तै समान प्रकृतिका डाटा संरक्षण कानुनहरू लागु हुन्छन् ।

हामी तपाईंको तथ्याङ्क कति समय सम्म राख्छौँ

हामी युकेको सूचना आयुक्तको कार्यालयले जारी गरेको मार्गदर्शनलाई पालना गर्दै तपाईंको तथ्याङ्क जुन प्रयोजनको लागि सङ्कलन गरिएको हो त्यसको लागि आवश्यक समय भन्दा बढी सो तथ्याङ्क राख्नेछैनौँ ।

उक्त तथ्याङ्क राखिने समय उक्त तथ्याङ्क प्रशोधन गर्नु पर्नाका कारण र उक्त सूचनालाई नियमन गर्ने कानुन वा नियमावलीमा निर्भर रहन्छ ।

सुझाव प्रदान गर्न वेबसाइटमा राखिएको संयन्त्र प्रयोग गरि पेश गरिएका स्रोत सम्बन्धी सुझावहरू पेश भएको एक महिना भित्र समिक्षा गरि हटाइनेछ । 

हामीद्वारा भविष्यमा सम्पर्क नगरियोस् भनी तपाईंले अनुरोध गर्नुभएमा हामीले सो अनुरोध बमोजिम गर्नेछौँ, तर सो अनुरोधको पालना गर्न सक्षम हुनको लागि केही आधारभूत सूचना हामीले एउटा सूचीमा राख्नेछौँ ।

तपाईंको अधिकार

युकेको डाटा संरक्षण कानुन बमोजिम तपाईंलाई धेरै अधिकार छ । यदि तपाईं यी मध्ये कुनै पनि अधिकार प्रयोग गर्न चाहनुहुन्छ वा यस विषयमा थप छलफल गर्न चाहनुहुन्छ भने सपोर्टर सर्भिसेज् टीमलाई सम्पर्क गर्नुहोस् । सपोर्टर सर्भिसेज् टीमको विवरण यो सूचनाको शिर्ष खण्डमा दिइएको छ । हामीलाई कसरी सम्पर्क गर्ने खण्डबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ ।

तपाईका मुख्य अधिकारहरू यस प्रकार छन् ।

  • हामीले तपाईंको व्यक्तिगत सूचना कसरी प्रयोग गर्दछौँ भन्ने सम्बन्धी पारदर्शिता (सूचित हुने अधिकार) । यो गोपनियता सम्बन्धी सूचना, साथै तपाईंले आफ्नो विवरण प्रदान गरेको समयमा, वा पछि, तपाईंलाई दिइएको कुनै पनि अतिरिक्त सूचना तपाईंलाई यो सूचना (पारदर्शिता सम्बन्धी सूचना) प्रदान गर्ने उद्देश्यले दिइएको हो ।
  • हामीसँग तपाईंको बारेमा भएको सूचनाको एक प्रति माग गर्ने – यसलाई कहिलेकाहीँ तथ्याङ्कवाला व्यक्तिले गरेको पहुँचको माग (पहुँचको अधिकार) भनिन्छ । हामी तपाईंले माग गर्नुभएको हामीसँग तपाईंको बारेमा भएको कुनै पनि सूचना सकभर चाँडो प्रदान गर्दछौँ, तर कहिलेकाहीँ यो प्रक्रिया ३० दिनसम्म लाग्न सक्छ । अपवादजन्य अवस्थामा बाहेक हामी तपाईंसँग यसको लागि शुल्क लिनेछैनौँ । हामीले तपाईंको व्यक्तिगत सूचना तपाईंलाई मात्र दिएका छौँ भन्ने सुनिश्चित गर्न सामान्यतः हामी तपाईंसँग परिचयको प्रमाणपत्र माग्ने गर्दछौँ ।
  • हामीसँग तपाईंको बारेमा भएको सूचना गलत छ भने अद्यावधिक गर्ने वा संशोधन गर्न   (अनुमुदोन गर्ने अधिकार) सकिने छ ।
  • हामीलाई तपाईंको सूचना प्रयोग गर्न निषेध गर्न माग गर्न  (प्रशोधन निषेध गर्ने अधिकार) सकिने छ । कतिपय अवस्थामा, तपाईंको व्यक्तिगत तथ्याङ्कको यथार्थ वा वैधानिक प्रयोगबारे असहमति भएमा तपाईंलाई त्यस्तो सूचनाको प्रशोधनलाई निषेध गर्न लगाउने अधिकार हुन्छ ।
  • हाम्रो अभिलेखबाट तपाईंको व्यक्तिगत सूचना हटाउन लगाउने (‘आफूलाई बिर्सिइयोस्’ भनी माग गर्ने अधिकार) । द्रष्टव्यः प्रचार प्रसार सामग्री नपठाइयोस् भनी तपाईंले माग गर्नुभएको अवस्थामा, हामीले भविष्यमा तपाईंलाई सम्पर्क नगरियोस् भन्ने सुनिश्चित गर्न केही सिमित सूचना चाहिँ राख्नुपर्ने हुन्छ ।
  • सहमति फिर्ता लिने ।  तपाईंको सहमतिको आधारमा प्रशोधन गरिएको व्यक्तिगत तथ्याङ्कको हकमा(उदाहरणको लागि, तपाईंलाई प्रचार प्रसारजन्य ईमेल वा एसएमएसहरू पठाउने), तपाईंले कुनै पनि समयमा उक्त सहमति फिर्ता लिन सक्नुहुन्छ ।
  • तपाईंको सूचना प्रचार प्रसारको प्रयोजनको लागि प्रशोधन गर्न असहमति राख्ने (असहमति राख्ने अधिकार) । हामीले आफ्नो वैधानिक आवश्यकता भित्रको ठानी प्रशोधन गरेका तथ्याङ्कको हकमा पनि तपाईंलाई त्यस्तो व्यक्तिगत सूचना प्रशोधनमा असहमति राख्ने अधिकार हुन्छ (उदाहरणको लागि, हुलाकबाट तपाईंलाई प्रत्यक्ष प्रचार प्रसार सामग्री पठाउने) ।
  • तपाईंको व्यक्तिगत तथ्याङ्क तपाईं आफ्नै लागि प्राप्त गरि प्रयोग गर्ने (तथ्याङ्क हस्तान्तरणको अधिकार) ।
  • स्वचालित प्रशोधनमा आधारित हुने अवस्थामा आफूलाई समावेश नगरिने (स्वचालित रूपमा निर्णय लिँदा वा व्यक्तिको वस्तुस्थिति विवरण तयार गर्दा)

यदि तपाईंलाई हामीले यो गोपनियता सम्बन्धी सूचना अनुसार तपाईंको तथ्याङ्क प्रशोधन गरेका छैनौँ भन्ने लागेको छ वा तपाईं उजुरी गर्न चाहनुहुन्छ भने, तत्कालै हाम्रो सपोर्टर सर्भिसेज् टीमलाई सम्पर्क गर्नुहोस् ।

यदि तपाईं हाम्रो जवाफसँग सन्तुष्ट हुनुभएन भने वा तपाईंलाई हामीले तपाईंको व्यक्तिगत सूचना कानुन बमोजिम प्रशोधन गरेका छैनौँ भन्ने लाग्यो भने, तपाईं युकेमा रहेको सूचना आयुक्तको कार्यालय(ICO)मा सम्पर्क गर्न सक्नुहुन्छः

सूचना आयुक्तको कार्यालय (युके)

हेल्पलाइनः ०३०३ १२३ ११३

वेबसाइटः https://ico.org.uk/global/contact-us/

हामीलाई सम्पर्क कसरी गर्ने

कुनै पनि समयमा तपाईं हामीले तपाईंसँग सम्पर्क गर्ने तरिका परिवर्तन गराउन चाहनुहुन्छ भने, कृपय हाम्रो सपोर्टर सर्भिसेज् टीमलाई सम्पर्क गर्नुहोस् ।

ईमेलः  SI.info@senseinternational.org.uk

हुलाक ठेगानाः

सपोर्टर सर्भिसेज् टीम, सेन्स,

१०१ पेण्टोनभाइल रोड,

लण्डन, एन१ ९एलजी

गोपनियता सम्बन्धी सूचनाको अद्यावधिक संस्करणहरू

यो गोपनियता सम्बन्धी सूचना सन् २०२४को मार्च महिनामा पछिल्लो पटक अद्यावधिक गरिएको थियो । SI.info@senseinternational.org.uk

सेन्स ईन्टरनेशनलले समय समयमा यो गोपनियता सम्बन्धी सूचनामा परिमार्जन गर्नु पर्ने हुनसक्छ । हामीले तपाईंको सूचनासँग सम्बन्धित व्यवहारमा उल्लेख्य परिवर्तन गर्ने भयौँ भने, सो विषय हामी ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हबको वेबसाइटमा प्रष्ट पार्नेछौँ वा तपाईंलाई सोझै सम्पर्क गरेर पनि जानकारी गराउन सक्छौँ । गोपनियता सम्बन्धी सूचनाको पछिल्लो संस्करणको लागि ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हबको वेबसाइट जाँच गर्नुहोस् र यदि तपाईंलाई केही प्रश्न भयो भने हामीलाई सोध्नुहोस् ।

यो गोपनियता सम्बन्धी सूचना ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हबको वेबसाइटमा मात्र लागु हुन्छ । सेन्स र सेन्स ईन्टरनेशनलको वेबसाइटमा रहेका गोपनियता सम्बन्धी सूचना यो गोपनियता सम्बन्धी सूचना भन्दा फरक छन् । तपाईं छुट्टै वा ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हबमा रहेको लिङ्क मार्फत् सेन्स र सेन्स ईन्टरनेशनलका वेबसाइटहरूमा जानुभयो भने, उनीहरूले तपाईंको व्यक्तिगत सूचनाको सङ्कलन, भण्डारण र प्रयोग कसरी गर्छन् भनी थप जानकारी प्राप्त गर्नको निम्ति तिनै वेबसाइटमा रहेका गोपनियता सम्बन्धी सूचनाको समिक्षा गर्नुपर्दछ ।