युगाण्डामा लगभग ८ लाख ८५ हजार मध्यम श्रवणदृष्टि विहीन व्यक्ति र लगभग ८८ हजार भन्दा धेरै गम्भीर प्रकारको श्रवणदृष्टि विहीन व्यक्ति रहेको अनुमान गरिएको छ । *
*विश्व श्रवणदृष्टि विहीन महासंघ (WFDB), २०१८सीआरपीडी र एसडीजी कार्यान्वयनमा वहिष्करणको जोखिम: श्रवणदृष्टि विहीन व्यक्ति र असमानता।
युगाण्डामा श्रवणदृष्टि विहीन व्यक्तिले नियमित रूपमा धेरै अवरोधहरूको सामना गर्छन् भने सञ्चारमा पनि चुनौतीहरूको सामना गर्छन्। गणतन्त्र युगाण्डाको सन् १९९५ को संविधानले भेदभावबाट मुक्ति र समानताको अधिकारको प्रत्याभूति गरेको छ ।
युगाण्डामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सूचना सञ्चार प्रविधि (आईसीटी) नीतिले आईसीटीलाई सञ्चारको रूपमा वर्णन गर्दछ जसमा भाषाहरू, पाठको प्रदर्शन, स्पर्श सञ्चार, ब्रेल लिपि, ठुला छापा साथै पहुँचयुक्त मल्टिमिडियाका साथै लिखित, श्रव्य र सरल भाषा समावेश छ। अपाङ्गताका लागि आईसीटी नीतिको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको सीमान्तकरणलाई कम गर्ने र आईसीटी उपकरणहरूमा पहुँच र प्रयोगमा रहेको कमीहरूमा सुधार गरि समान अवसरहरू सिर्जना गर्न आईसीटीलाई एक उपायको रूपमा प्रयोग गर्नु हो।
युगाण्डा सञ्चार ऐन २०१३ को दफा ५ ले युगाण्डा सञ्चार आयोगलाई अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चार सेवामा पहुँच वृद्धी गर्ने लगायतका नयाँ प्रविधिहरूको विकास र प्रयोगबारे अनुसन्धानको प्रवर्धन गर्नुपर्ने व्यवस्था गरेको छ । लामो समयदेखि, यो श्रवणदृष्टि विहीन व्यक्तिहरूको सेवाहरूमा पहुँचको लागि सबैभन्दा ठुलो अवरोधहरू मध्ये एक भएको छ।
प्रविधिमा पहुँचको व्यवस्थाले श्रवणदृष्टि विहीनव्यक्तिको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ । यसले सूचना प्राप्त गर्ने, अन्य व्यक्तिहरूसँग सञ्चार गर्ने र दैनिक जीवनमा सहभागी हुने नयाँ उपाय प्रदान गर्छ । यी स्रोत सामग्रीहरूले श्रवणदृष्टि विहीन व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई जीवनयापन गर्न, सिक्न र वृद्धी विकास गर्न सहयोग पुर्याउँछन् ।