*विश्व श्रवणदृष्टि विहीन महासंघ (WFDB), २०१८सीआरपीडी र एसडीजी कार्यान्वयनमा वहिष्करणको जोखिम: श्रवणदृष्टि विहीन  व्यक्ति र असमानता।

सन् २००६ मा सेन्स ईन्टरनेशनल रोमानियाको पैरवी तथा वकालत प्रयासको प्रतिफल स्वरूप रोमानियाको कानुनले श्रवणदृष्टि विहीनतालाई छुट्टै प्रकारको अपाङ्गताको मान्यता दिई श्रवणदृष्टि विहीनता व्यक्तिलाई समाजका सबै क्षेत्रमा दोभाषेको व्यवस्था हुनुपर्ने अधिकारको व्यवस्था गरेको  थियो ।

यो ठुलो उपलब्धी भए तापनि रोमानियाका श्रवणदृष्टि विहीनता व्यक्तिहरूले अझै पनि सिमान्तकृत र अलगै समुहमा रहेको महशुस गर्छन् ।

प्रविधिमा पहुँचको व्यवस्थाले श्रवणदृष्टि विहीनव्यक्तिको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ । यसले सूचना प्राप्त गर्ने, अन्य व्यक्तिहरूसँग सञ्चार गर्ने र दैनिक जीवनमा सहभागी हुने नयाँ उपाय प्रदान गर्छ । यी स्रोत सामग्रीहरूले श्रवणदृष्टि विहीन व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई जीवनयापन गर्न, सिक्न र वृद्धी विकास गर्न सहयोग पुर्याउँछन् ।