प्रकाशित मिति
फ्रेवुअरी 2025

दैनिक जीवन सहजिकरण गर्न स्थानीय सरकार, एनजिओहरू र आइएनजिओका सुचना र जानकारीहरू हेर्नुहोस्।

राष्ट्रिय अपाङ्गता महासंघ नेपाल (NFDN)

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको छाता संस्था हो । अपाङ्गताका सवालमा सरकारको ध्यानाकर्षण पैरवी तथा वकालत गर्नमा यसको प्रमुख भुमिका छ। महासंघमा उपलब्ध सुचना तथा स्रोतहरू नेपाली साङ्केतिक भाषामा पनि छन्।

नेपाल अपाङ्गता पोर्टल

नेपाल अपाङ्गता पोर्टल, अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाहरुको एक सामूहिक प्रयास हो र यो सबै अपाङ्गता सम्बन्धी डाटा र स्रोतहरूका केन्द्रका रूपमा प्रयोग हुन्छ।

NDFN द्वारा NSL शब्दकोश एप

राष्ट्रिय बहिरा महासंघ नेपालले अनलाइनमार्फत नेपाली साङ्केतिक भाषा शब्दकोषको विकास गरेको छ जुन श्रवणदृष्टी बिहिन भएका व्यक्तिहरूका लागि साङ्केतिक भाषा सिक्ने उत्कृष्ट साधन पनि हो।

राष्ट्रसंघीय डिजिटल पुस्तकालय नेपाल

नेपालमा रहेका संयुक्त राष्ट्रसंघका एजेन्सीहरू र तिनका बिभिन्न साझेदारहरूले विभिन्न स्रोत र जानकारी भएको साइट बनाएका छन्। यो नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध छ।

विभिन्न ढाँचाहरूद्वारा ई-लर्निङ पोर्टल

विविध ढाँचाहरूद्वारा विकसित ई-लर्निङ पोर्टल पूर्ण रूपमा पहुँचयोग्य र निःशुल्क छ, जसले अपाङ्गता भएका व्यक्तिहरूका लागि कागजातहरू कसरी पहुँचयोग्य बनाउने भन्ने बारेमा पाठ्यक्रमहरू प्रदान गर्दछ ।

पहुँचयुक्तताको विवरण 

हाम्रो वेबसाइटमा कतिपय ठाउँमा, हामीले प्रयोगकर्तालाई उपयोगी जानकारी र सल्लाह दिन तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू उपलब्ध गराएका छौं। हामी यी तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू पूर्ण रूपमा पहुँचयोग्य छन् र WCAG 2.2

को पालना गर्छन् भन्ने ग्यारेन्टी गर्न सक्दैनौं। सम्भव भए सम्म, हामी तेस्रो पक्षसँग सहकार्य गर्दै WCAG 2.2 अनुरूप आवश्यक सुधार गर्नका लागि प्रयास गर्ने र्छौं।  हाम्रो पहुँचयोग्यताको विवरण यहाँ पूरा पढ्न सक्नुहुनेछ । 




यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवणदृष्टि विहिन भनेको के हो (भिडियो)

यो स्रोतले श्रवणदृष्टि विहिनता, यसको कारण, प्रकार, लक्षणहरू, र संचार, शिक्षा तथा दैनिक जीवनमा सहयोगका उपायहरूको बारेमा जानकारी दिन्छ।

सूचना तथा सञ्चारमा  अपाङ्गता भएका व्यक्तिको पहुँचको अवस्था तथा आवश्यकता लेखाजोखा सम्बन्धी प्रतिवेदन

यस स्रोतले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सञ्चार प्रणालीहरू कत्तिको पहुँचयोग्य छन् भन्ने मूल्याङ्कन गर्छ, जहाँ रहेका समस्याहरूलाइ सुधार गर्न आग्रह गर्छ र उनीहरूले समाजमा पूर्ण रूपमा सहभागी हुन सकून्।

श्रवणदृष्टि विहीन भएका व्यक्तिहरूको लागि अभिमुखीकरण र गमनशिलता

यस स्रोतले श्रवणदृष्टि विहीन व्यक्तिहरूका लागि अभिमुखीकरण तथा गतिशीलता (O&M) सम्बन्धी आवश्यक मार्गदर्शन निर्देशन दिन्छ । उनीहरूको स्वतन्त्रता र सुरक्षित गर्न उपकरण, प्रविधि र रणनीतिहरूलाई प्राथमिकता राख्दछ ।