प्रकाशित मिति
फ्रेवुअरी 2025

हजारौ विधा र बिभिन्न प्रकारका अनलाइन पुस्तकहरु पाइने ठाउँ जहाँ विश्वका सबैले पढ्न सकिन्छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ पोर्टल

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ पोर्टलमा प्रारम्भिक बाल विकास (इसिडि) देखि कक्षा 12 सम्मका सबै पाठ्यपुस्तकहरू समावेश छन्। केही स्रोतहरूमा साङ्केतिक भाषा छ र त्यहाँ दृश्य कथा पुस्तकहरू पनि छन्।

OLE नेपाल

OLE नेपालद्वारा विकसित पोर्टलमा कक्षा 1 देखि कक्षा 8 सम्म गणित, अङ्ग्रेजी, विज्ञान र नेपालीमा अन्तरक्रियात्मक सामग्रीहरु उपलब्ध छन् । जहाँ विद्यालयका विद्यार्थीहरूका लागि धेरै अन्तरक्रियात्मक ई-लर्निङ अवसरहरू छन्।

Lets Read Asia

Lets Read Asia जहाँ बालबालिकाका लागि धेरै पहुँचयोग्य कथा पुस्तकहरू छन्, जुन धेरै भाषाहरू र अडियोहरुमा उपलब्ध छन्।

कास्की दृष्टीबिहिन संघ (KAB)

KABले विभिन्न कक्षाहरूका विभिन्न विषयहरूका लागि अडियो पुस्तकहरू विकास गरेको छ।

पुस्तक अनुप्रयोगहरू

  • यस एपबाट दृष्टिविहीन व्यक्तिहरूलाई डिजिटल ढाँचामा पढ्ने सामग्रीको स्वतन्त्र रूपमा प्रयोग गर्न सकिनेछन् जुन पुर्णरुपमा पहुँच योग्य छन् ।

पहुँचयुक्तताको विवरण 

हाम्रो वेबसाइटमा कतिपय ठाउँमा, हामीले प्रयोगकर्तालाई उपयोगी जानकारी र सल्लाह दिन तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू उपलब्ध गराएका छौं। हामी यी तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू पूर्ण रूपमा पहुँचयोग्य छन् र WCAG 2.2

को पालना गर्छन् भन्ने ग्यारेन्टी गर्न सक्दैनौं। सम्भव भए सम्म, हामी तेस्रो पक्षसँग सहकार्य गर्दै WCAG 2.2 अनुरूप आवश्यक सुधार गर्नका लागि प्रयास गर्ने र्छौं।  हाम्रो पहुँचयोग्यताको विवरण यहाँ पूरा पढ्न सक्नुहुनेछ । 

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।