प्रकाशित मिति
फ्रेवुअरी 2025

यी सहायक प्रविधिहरूले श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूलाई संसारलाई अझ पहुँचयोग्य तरिकाले अनुभव गर्न मद्दत गर्न सक्छ।

Orbit Reader 2.0

Orbit Reader 2.0 अर्बिट रिडरले कम्प्युटर वा मोबाइलबाट ब्रेल वर्णहरू प्रदर्शन गर्दछ, जसले प्रयोगकर्ताहरूलाई ब्रेलमा डिजिटल सामग्री पढ्न सक्षम बनाउँछ। यो धेरै महँगो पनि छ।

NVDA

एनभिडिए एक निः शुल्क स्क्रिन रिडर हो जुन 50 भन्दा बढी विभिन्न भाषाहरूमा उपलब्ध छ र धेरै नयाँ नयाँ ब्रेल प्रदर्शनहरूलाई समर्थन गर्दछ।

Text-to-Speech

Text-to-Speech सफ्टवेयरहरूले लिखित पाठलाई आवाजमा रूपान्तरण गर्दछ, प्रयोगकर्ताहरूलाई डिजिटल सामग्री पहुँचयोग्य बनाउन मद्दत गर्दछ :

Digital Voice Assistants

यी डिजिटल भ्वाइस सहायकहरू उपकरणहरू नियन्त्रण गर्न, इन्टरनेट खोजहरू प्रदर्शन गर्न र आवाज आदेश मार्फत अन्य कार्यहरू गर्न प्रयोग गर्न सकिन्छ:

स्पर्श ग्राफिक्स

स्पर्ष ग्राफिक्स हेर्न भन्दा पनि महसुस गर्नका लागि बनाइएको हुन्छ । जुन दृष्टि विहीन वा श्रवणदृष्टि विहीन व्यक्तिहरुका लागि सहयोगी हुन्छन् : स्पर्श ग्राफिक्स

पहुँचयुक्तताको विवरण 

हाम्रो वेबसाइटमा कतिपय ठाउँमा, हामीले प्रयोगकर्तालाई उपयोगी जानकारी र सल्लाह दिन तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू उपलब्ध गराएका छौं। हामी यी तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू पूर्ण रूपमा पहुँचयोग्य छन् र WCAG 2.2

को पालना गर्छन् भन्ने ग्यारेन्टी गर्न सक्दैनौं। सम्भव भए सम्म, हामी तेस्रो पक्षसँग सहकार्य गर्दै WCAG 2.2 अनुरूप आवश्यक सुधार गर्नका लागि प्रयास गर्ने र्छौं।  हाम्रो पहुँचयोग्यताको विवरण यहाँ पूरा पढ्न सक्नुहुनेछ । 





यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवणदृष्टि विहिन भनेको के हो (भिडियो)

यो स्रोतले श्रवणदृष्टि विहिनता, यसको कारण, प्रकार, लक्षणहरू, र संचार, शिक्षा तथा दैनिक जीवनमा सहयोगका उपायहरूको बारेमा जानकारी दिन्छ।

सूचना तथा सञ्चारमा  अपाङ्गता भएका व्यक्तिको पहुँचको अवस्था तथा आवश्यकता लेखाजोखा सम्बन्धी प्रतिवेदन

यस स्रोतले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सञ्चार प्रणालीहरू कत्तिको पहुँचयोग्य छन् भन्ने मूल्याङ्कन गर्छ, जहाँ रहेका समस्याहरूलाइ सुधार गर्न आग्रह गर्छ र उनीहरूले समाजमा पूर्ण रूपमा सहभागी हुन सकून्।

श्रवणदृष्टि विहीन भएका व्यक्तिहरूको लागि अभिमुखीकरण र गमनशिलता

यस स्रोतले श्रवणदृष्टि विहीन व्यक्तिहरूका लागि अभिमुखीकरण तथा गतिशीलता (O&M) सम्बन्धी आवश्यक मार्गदर्शन निर्देशन दिन्छ । उनीहरूको स्वतन्त्रता र सुरक्षित गर्न उपकरण, प्रविधि र रणनीतिहरूलाई प्राथमिकता राख्दछ ।