यो कसको लागि उपयोगी हुनेछ?

यो सामग्री श्रवणदृष्टि विहीन तथा बहिरा बालबालिकाहरुका लागि निर्माण गरिएको हो। जो बालबालिका खासगरी प्रारम्भिक कक्षा तथा घरमा आधारित शिक्षामा आबद्द छन् उनीहरुको सिकाइलाई यसले सहयोग पुर्याउछ ।

प्रकाशित मिति
जुन 2023
सिर्जना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मनाव स्रोत बिकास केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
बिश्व शिक्षा

राष्ट्रिय प्रारम्भिक कक्षा अन्तर्गत प्रकाशन भएको किताबबाट  “नन्दु पसल जान्छ” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको  आवश्यकतालाई जोड दिइएको छ । यस भिडियोले आधा अक्षर “न्” को  सङ्केत चिन्न, सिक्न र पढ्नका साथै आधा न् लागेका शब्द समेत सिक्न सिकाउन मदत गर्दछ ।

ट्रांसक्रिप्ट: नन्दु पसल जान्छ ।

उसको नाम नन्दु हो ।

साङ्केतिक नाम नन्दु हो ।

हिजोभन्दा आज ठन्डी छ ।

नन्दुसँग न्यानो लुगा छैन ।

उसलाई बिसन्चो हुन्छ कि भन्ने डर छ ।

ऊ भान्छामा गएर चिया खान्छ ।

नन्दु सन्दुकको पैसा गन्छ ।

नन्दु पन्जा किन्न पसल जान्छ ।

पन्जा पसल घरभन्दा टाढा छ ।

नन्दु पन्जा किन्छ ।

नन्दु गलबन्दी किन्छ ।

ऊ न्यानो गन्जी पनि छान्छ ।

नन्दुको अगाडि कान्छो देखिन्छ ।

नन्दु कान्छोसँगै घर जान्छ ।

मुख्य शब्दहरु

भन्दा

ठन्डी

न्यानो

बिसन्चो

Unwell

हुन्छ

भान्छा

खान्छ

सन्दुक

पन्जा

गलबन्दी

गन्जी

छान्छ

देखिन्छ

जान्छ

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाहरुका लागि संगीत र चलायमानताः एक व्यवहारिक मार्गदर्शन

यस मार्गदर्शनले हेरचाहकर्ताहरू र शिक्षकहरूलाई संगीत र आन्दोलनको प्रयोग गरी बहिरे-अन्धापन भएका बच्चाहरूको सिकाइ, सञ्चार, र समावेशितालाई समर्थन गर्ने व्यावहारिक उपायहरू प्रस्ताव गर्दछ।

श्रवण दृष्टिविहिन अपाङ्गता भएका बालबालिकाहरुका लागि चलायमानता तथा सुझबुझजन्य खेलहरुः अभिभावक तथा हेरचाहकर्ताका लागि व्यवहारिक मार्गदर्शन

यो स्रोतले बधिरअन्ध बच्चाहरूमा शारीरिक, संवेदी, र सामाजिक विकासलाई समर्थन गर्न रोलिङ, संवेदी ट्रेहरू, र बल खेल जस्ता खेल र गतिविधिहरू प्रयोग गर्ने बारे चरण-दर-चरण मार्गदर्शन प्रदान गर्दछ।

श्रवणदृष्टिविहीन अपाङ्गता भएका विद्यार्थीहरूका लागिउपयुक्त रुपमा अनुकुलित कक्षाकोठा

यो स्रोतले बहिराङ्ग सुन्न नसक्ने र देख्न नसक्ने बालबालिकाका लागि कक्षामा अनुकूलन कसरी गर्ने भन्नेमा मार्गदर्शन प्रदान गर्दछ।