यो कसको लागि उपयोगी हुनेछ?

यो सामग्री श्रवणदृष्टि विहीन तथा बहिरा बालबालिकाहरुका लागि निर्माण गरिएको हो। जो बालबालिका खासगरी प्रारम्भिक कक्षा तथा घरमा आधारित शिक्षामा आबद्द छन् उनीहरुको सिकाइलाई यसले सहयोग पुर्याउछ ।

प्रकाशित मिति
जुन 2023
सिर्जना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मनाव स्रोत बिकास केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
बिश्व शिक्षा

राष्ट्रिय प्रारम्भिक कक्षा अन्तर्गत प्रकाशन भएको किताबबाट  “नन्दु पसल जान्छ” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको  आवश्यकतालाई जोड दिइएको छ । यस भिडियोले आधा अक्षर “न्” को  सङ्केत चिन्न, सिक्न र पढ्नका साथै आधा न् लागेका शब्द समेत सिक्न सिकाउन मदत गर्दछ ।

ट्रांसक्रिप्ट: नन्दु पसल जान्छ ।

उसको नाम नन्दु हो ।

साङ्केतिक नाम नन्दु हो ।

हिजोभन्दा आज ठन्डी छ ।

नन्दुसँग न्यानो लुगा छैन ।

उसलाई बिसन्चो हुन्छ कि भन्ने डर छ ।

ऊ भान्छामा गएर चिया खान्छ ।

नन्दु सन्दुकको पैसा गन्छ ।

नन्दु पन्जा किन्न पसल जान्छ ।

पन्जा पसल घरभन्दा टाढा छ ।

नन्दु पन्जा किन्छ ।

नन्दु गलबन्दी किन्छ ।

ऊ न्यानो गन्जी पनि छान्छ ।

नन्दुको अगाडि कान्छो देखिन्छ ।

नन्दु कान्छोसँगै घर जान्छ ।

मुख्य शब्दहरु

भन्दा

ठन्डी

न्यानो

बिसन्चो

Unwell

हुन्छ

भान्छा

खान्छ

सन्दुक

पन्जा

गलबन्दी

गन्जी

छान्छ

देखिन्छ

जान्छ

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?आवश्यक
This field is for validation purposes and should be left unchanged.

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।