यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
मे 2023

यस अभियानले प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच गर्ने अवसर सुनिश्चितमा आर्थिक अभाव, चेतनाको कमी र सामाजिक लगायतका बाधाहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। वातावरणको व्यवस्थापन गरेर शिक्षाको महत्त्वलाई जोड दिने पहलले सबै विद्यार्थीहरूको लागि दिगो परिवर्तन र शैक्षिक परिणामहरू सुधार गर्न खोज्छ। 

ट्रान्सक्रिप्ट: विद्यालय भर्ना अभियान

सभामुख १: हजुर, नमस्ते!!

वक्ता २:नमस्ते!!

वक्ता २:कताबाट होला हजुर?

वक्ता २: लौ, यतै बस्नुस्।

सभामुख १: धन्यवाद!

सभामुख १:हामी चाहिँ अपाङ्गता सम्बन्धी काम गर्ने संस्थाबाट आएका हौं।.

बिधालय भर्ना नभएका जटिल प्रकारका अपाङ्गता भएका बालबालिकाहरुलाई पनि बिधालय भर्ना गराऔँ है भनेर जानकारी गराउँदै हिँडेका हौं।.

वक्ता २: हजुर, हो।

सभामुख १:अनि नानीलाई बिधालय भर्ना गर्नु भएको छैन?

वक्ता २: अहँ।.

धेरै कोसिस गरियो, नानीको अवस्था देखेर कुनै पनि बिधालयले भर्ना लिने मान्दैनन्।

सभामुख १: त्यस्तो भनेर कहाँ हुन्छ र?

संविधानमा अपाङ्गता भएका व्यक्तिहरूले पनि अन्य व्यक्ति सरह शिक्षा पाउने अधिकार सुनिश्चित गरिएको छ।

त्यस्ता जटिल प्रकारका अपाङ्गता भएका बालबालिकालाई अपाङ्गता स्रोत कक्षा वा नजिकको बिधालयमा भर्ना गराउनु पर्छ।अपाङ्गता भएका बालबालिकाहरुलाई समयमै बिधालय भर्ना गराऔँ!

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?आवश्यक
This field is for validation purposes and should be left unchanged.

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।