यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
फ्रेवुअरी 2020
सिर्जना
NDFN

स्रोतले श्रवणदृष्टी बिहिनताको बारेमा सचेतना बढाएर, त्यस्ता व्यक्तिहरूको लागि बुझाइ बढाउने लक्ष्य राख्छ। यसले समावेशी अभ्यासहरू, सञ्चार रणनीतिहरू, र सेवाहरूमा पहुँचको महत्त्वलाई जोड दिन्छ जसले श्रवणदृष्टी बिहिन  व्यक्तिहरूलाई पूर्ण जीवन जिउन र उनीहरूको समुदायमा पूर्ण रूपमा सहभागी हुन सशक्त बनाउँछ।

ट्रान्सक्रिप्ट: श्रवणदृष्टी बिहिन भनेको के हो?

अभिभावक: मेरो छोरा सौरभ जन्मजात सुन्न र देख्न सक्दैन । सौरभलाई आफ्नो दैनिक क्रियाकलाप आफैले गर्न कठिनाई हुन्छ ।

जवान व्यक्ति: म जन्मजात बहिरा हुँ । दिनदिनै मेरो भिजन घट्दै गैरहेको छ ।

म स्पर्श संचार प्रयोग गर्छु ।

वयस्क पुरुष नम्बर एक: म पूर्णदृष्टिविहिन व्यक्ति हुँ ।

मेरो कानको सुन्ने क्षमता बिस्तारै घट्दै गएको छ । म हेयरिङ एड प्रयोग गर्छु ।

वयस्क पुरुष नम्बर दुई:म जन्मजात सुस्त श्रवण, पछी आँखा कमजोर हुदै गएको छ ।

संचारको लागि साङ्केतिक भाषा, स्पर्श संचार प्रयोग गर्छु ।

कथाकार: एउटै व्यक्तिमा सुनाई तथा दृष्टि सम्बन्धी दुवै अपाङ्गता हुनु श्रवणदृष्टि विहिन अपाङ्गता हो ।

तपाईको छरछिमेकमा पनि यस्तो अवस्थाका व्यक्तिहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस् ।

थप जानकारीका लागि,

राष्ट्रिय बहिरा महासंघ नेपाल

भृकुटीमण्डप काठमाण्डौ

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?आवश्यक
This field is for validation purposes and should be left unchanged.

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।