श्रवणदृष्टि विहीनता जन्मजात र जन्मपछि दुवै समयमा हुन सक्दछ । व्यक्तिको देख्ने र सुन्ने क्षमताका आधारमा पनि श्रवणदृष्टि विहीनतामा विविधता रहेको छ । यस भिडियोमा पुर्ण श्रवणदृष्टि विहीनता, पुर्ण दृष्टि विहीन/दृष्टि विहीन र सुस्त श्रवण, बहिरा र न्युनदृष्टियुक्त, सुस्तश्रवण र न्युनदृष्टियुक्त श्रवणदृष्टि विहीनता र उनीहरूले गर्ने सञ्चार र उनीहरूका आवश्यकताका ’boutमा जानकारी राखिएको छ ।
यस स्रोत सामग्रिले श्रवणदृष्टि विहीनतको वास्तविकता देखाएको छ । सुनाइ र हेर्ने क्षमताका अधारमा श्रवणदृष्टि विहीनता विभिन्न प्रकारको रहेको हुन्छ । उनीहरूका अवश्यकता, उनीहरू सँग गरिने सञ्चार पनि फरक फरक हुन्छ । श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूको हेरचाह गर्ने कर्मचारी, शिक्षक वा परिवारका सदस्यहरू र सरकारी अधिकारीहरूका लागि यो भिडियो महत्वपुर्ण जानकारीका रूपमा रहेको छ । यस भिडियो मुख्य गरीः
- श्रवणदृष्टि विहीनताको प्रकार
- श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका अवश्यकता
- फरक फरक श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूले गर्ने सञ्चारका तरिकाहरू
- सुनाइ र हेराइमा कठिनाइ भएका बालबालिकाहरू कहिँ कतै देखिएमा उनिहरूको सिघ्र पहिचानका लागि समन्व्य गरिने अदिकुराहरू समावेश गरिएको छ ।