केन्याको कुल जनसंख्यालाई यो प्रतिशतमा हेर्दा केन्यामा लगभग १० लाख मानिस मध्यम प्रकारको श्रवणदृष्टि विहीनव्यक्ति रहेको र लगभग एक लाख व्यक्ति गम्भीर श्रवणदृष्टि विहीन व्यक्ति रहेको देखिन्छ ।

*विश्व श्रवणदृष्टि विहीन महासंघ (WFDB), २०१८सीआरपीडी र एसडीजी कार्यान्वयनमा वहिष्करणको जोखिम: श्रवणदृष्टि विहीन  व्यक्ति र असमानता।

केन्यामा हालसम्म श्रवणदृष्टि विहीनव्यक्तिको आवश्यकतालाई सम्बोधन गर्ने कुनै विशिष्ट कानुन छैन । यसको अर्थ, श्रवणदृष्टि विहीनव्यक्तिमा थोरै मात्र जानकारी छ र उनीहरूको विशिष्ट आवश्यकता सम्बोधन गर्ने सेवाहरू पनि थोरै छन् । केन्यामा श्रवणदृष्टि विहीनव्यक्तिबारे अत्यन्त कम अनुसन्धान र खोजी भएका छन् ।  त्यसैले यसबारे बुझाइ पनि गलत छ ।

सर्वसाधारणमा जनचेतनाको ठुलो कमी छ । इन्टरनेटले श्रवणदृष्टि विहीनव्यक्तिहरूमाझ सूचना र सञ्चारको पहुँच विस्तार गरे तापनि उनीहरूको पूर्ण सहभागिता र समावेशितामा अझै पनि थुप्रै बाधाहरू छन् । 

तर, केन्यामा समावेशिताबारे केही प्रगति चाहिँ भएको छ । केन्यामा अपाङ्गता, सूचना तथा सञ्चार प्रविधि, र सूचनामा पहुँच सम्बन्धी कानुनी तथा नीतिगत रूपरेखाले अपाङ्गता भएका व्यक्ति सहित सबैलाई समतापूर्ण पहुँच र समावेशिता सुनिश्चित गर्न ठुलो भूमिका खेल्दछ । यी कानुनहरूले उचित अनुकुलतामा जोड दिनुका साथै, अपाङ्गता भएका व्यक्ति लगायत सबैको लागि समावेशी तथा पहुँचयुक्त  ढाँचामा सूचनाहरू संप्रेषण हुनुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

प्रविधिमा पहुँचको व्यवस्थाले श्रवणदृष्टि विहीनव्यक्तिको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ । यसले सूचना प्राप्त गर्ने, अन्य व्यक्तिहरूसँग सञ्चार गर्ने र दैनिक जीवनमा सहभागी हुने नयाँ उपाय प्रदान गर्छ । यी स्रोत सामग्रीहरूले श्रवणदृष्टि विहीन व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई जीवनयापन गर्न, सिक्न र वृद्धी विकास गर्न सहयोग पुर्याउँछन् ।