तपाईले ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हब हेरेर, छोएर वा बोलेर जुनसूकै तरिकाले पहुँच गर्न खोजे पनि, हामी तपाईले सजिलो तरिकाले पहुँच प्राप्त गर्नुहोस् भन्ने चाहन्छौँ । 

हाम्रो प्रतिवद्धता

हामी वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन (WCAG) लेभल एए पालना गर्न प्रतिवद्ध छौँ ।

हाम्रो वेबसाइटमा आधुनिक स्क्रीन रिडरहरू र स्पीच रिकग्निशन सफ्टवेयरले काम गर्नुपर्छ । यसमा आधुनिक अपरेटिङ्ग प्रणालीमा राखिएका म्याग्निफायरहरू सजिलै प्रयोग गर्न सकिनुपर्छ, र यसमा उच्च कन्ट्रयास्टका थिमहरू र स्पीच औजारहरू सजिलै प्रयोग गर्न सकिने हुनुपर्दछ ।

वेबसाइटलाई आफू अनुकूल कसरी बनाउने र आफ्नो आवश्यकता पूर्ति गर्ने कसरी बनाउने भन्ने सम्बन्धी मार्गदर्शन एबिलिटीनेटले प्रदान गर्दछ ।

एनभी एक्सेसले स्क्रीन रिडर सफ्टवेयर निःशुल्क डाउनलोड गर्न दिन्छ

हामी हाम्रो साइटलाई विभिन्न प्रविधिहरू प्रयोग गरि परीक्षण गर्दछौँ । तर हामी प्रत्येक सहायक प्रविधिलाई प्रत्येक ब्राउजरका प्रत्येक संस्करणमा परीक्षण गर्दछौँ भनी प्रतिवद्धता जनाउन सक्दैनौँ । त्यस्तै प्रत्येक अपरेटिङ्ग सिस्टमका संस्करणहरू वा मोबाइल ह्याण्डसेटहरूसंग पनि परीक्षण गर्दछौँ भनी प्रतिवद्धता जनाउन सक्दैनौँ ।

आफ्नो ब्राउजरलाई कसरी पहुँचयुक्त बनाउने

प्रत्येक ब्राउजरमा पहुँचयुक्तताका अतिरिक्त सुविधाहरू उपलब्ध हुन्छन् । तिनीहरू यस प्रकार छन् ।

तेस्रो पक्षका वेबसाइटहरू

हाम्रो वेबसाइट भित्र कतिपय स्थानमा हामीले हाम्रा प्रयोगकर्ताका लागि उपयोगी सूचना तथा सल्लाह प्रदान गर्ने तेस्रो पक्षको वेबसाइट र एपहरूसम्म जाने सङ्केत राखेका छौँ । यी तेस्रो पक्षका वेबसाइटहरू र एपहरूले WCAG 2.2 को पूर्णतयाः पालना गर्छन् भन्ने हामी वाचा गर्न सक्दैनौँ । सम्भव भए सम्म हामी यी तेस्रो पक्षहरूसंग WCAG2.2 पालना गरि पहुँचयुक्तता वृद्धि गर्न सहकार्य गर्दछौँ ।

हामी यो कसरी गर्छौं ?

हाम्रो वेबसाइटमा रहेका सबै विषयवस्तुलाई पहुँचयुक्त बनाउन हामी सक्दो प्रयास गर्दछौँ । तर पनि वेबसाइटको कतिपय स्थानमा अझै पनि सुधारको आवश्यकता हुन सक्छ । हामी हाम्रो पहुँचयुक्तता वृद्धी गर्न र प्रयोगकर्ताको अनुभव सुधार गर्न सक्रिय रूपमा काम गरिरहेका छौँ । यसको लागि हामीले प्रयोगकर्ताहरूबाट निरन्तर सुझावहरू लिइरहेका हुन्छौँ । हाम्रो वेबसाइटमा पहुँच प्राप्त गर्न समस्या आएमा, हामीलाई सम्पर्क गर्नुहोस्