भारतमा लगभग ५ लाख ५२ हजार श्रवणदृष्टि विहीनता भएका व्यक्ति रहेको अनुमान गरिएको छ ।*
*विश्व श्रवणदृष्टि विहीन महासंघ (WFDB), २०१८सीआरपीडी र एसडीजी कार्यान्वयनमा वहिष्करणको जोखिम: श्रवणदृष्टि विहीन व्यक्ति र असमानता।
बङ्गलादेशमा श्रवणदृष्टि विहीन व्यक्तिलाई सबैभन्दा सिमान्तकृत र संकटासन्न समूह मध्येको एक समूह मानिन्छ ।
भारतको ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०१६’मा श्रवणदृष्टि विहीन व्यक्तिलाई “सञ्चार, वृद्धी विकास र शिक्षामा गम्भीर समस्या हुने गरि श्रवण र दृष्टिमा सिमितता भएको व्यक्ति” भनी परिभाषित गरिएको छ । भारतमा ५ लाख भन्दा बढी श्रवणदृष्टि विहीन व्यक्ति भए तापनि थोरै संस्थाहरूले मात्र यो जनसमूहलाई सहयोग गरिरहेका छन् ।
सन् १९९७मा श्रवणदृष्टि विहीन व्यक्तिलाई शिक्षा र अन्य सेवा दिने एक मात्र विद्यालय थियो, जसमा २३ जना विद्यार्थीले मात्र शिक्षा र अन्य सेवा पाएका थिए ।
हाल भारतमा सेन्स इण्डियाले २३ राज्यका ६० वटा गैरसरकारी संस्थाको सञ्जालसँग मिलेर ८०,००० श्रवणदृष्टि विहीन व्यक्तिको जीवनलाई एकान्त र उपेक्षाको अवस्थाबाट परिवर्तन गरेर आफ्नो संसार बुझ्ने र पूर्ण र सक्रिय जीवनयापन गर्न सक्ने गरि काम गरिरहेको छ ।
प्रविधिमा पहुँचको व्यवस्थाले श्रवणदृष्टि विहीनव्यक्तिको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ । यसले सूचना प्राप्त गर्ने, अन्य व्यक्तिहरूसँग सञ्चार गर्ने र दैनिक जीवनमा सहभागी हुने नयाँ उपाय प्रदान गर्छ । यी स्रोत सामग्रीहरूले श्रवणदृष्टि विहीन व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई जीवनयापन गर्न, सिक्न र वृद्धी विकास गर्न सहयोग पुर्याउँछन् ।