सेन्स ईन्टरनेशनल नामक संस्थाले ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स् हब निर्माण गरेको हो । हामी संसारभरिका आठ वटा देशमा सहयोग गरिरहेका छौँ । हामी श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुलाई सहयोग गर्ने संसारकै अग्रणी सहयोगि संस्था हौँ ।
हाम्रो अनुभव
हामीसँग श्रवणदृष्टी विहीनता भएका व्यक्तिहरुलाई आफ्नो अधिकारको बारेमा जान्न सहयोग गरेको ३० वर्षको अनुभव छ । हामीले सन् १९९४ मा काम गर्न सुरु गरेका हौँ । हाम्रो मातृ संस्था सेन्स युके हो । सेन्स युकेको ज्ञान तथा विज्ञताको बारेमा साझेदारी गर्ने उद्देश्यले हामी काम गर्छौं ।
हामीले भारत, केन्या, पेरु, रोमानिया, तान्जानिया र युगाण्डामा स्थानीय रुपमा संस्थाहरु दर्ता गरेका छौँ । हामीले बङ्गलादेश र नेपालका राष्ट्रिय संस्थाहरूसँग पनि मिलेर काम गर्ने कार्यक्रमहरू बनाएका छौँ ।
हाम्रो काम
श्रवणदृष्टि विहीनता बालबालिकालाई जीवनको प्रारम्भिक चरणमै पहिचान गरेर उचित सहयोग प्रदान गर्न सकियो भने उनीहरूले जीवनमा प्रगति गर्न सक्छन् । त्यसकारणले हामीले सकभर चाँडै त्यस्ता बालबालिका पहिचान गर्ने काम गर्दछौँ । हामी उनीहरूलाई शिक्षा र व्यवसायिक तालीम पनि सुलभ बनाउने प्रयास गरि युवा तथा बालबालिकालाई स्वतन्त्र भई जीवनयापन गरि आफ्नो विकास गर्न सक्ने बनाउने प्रयास गर्दछौँ ।
हामी अधिकारमा आधारित विधिमा काम गर्दछौँ । हामी श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरूका परिवारहरूलाई लाग्ने लाञ्छनाको विरुद्ध आवाज उठाउन सहयोग गर्दछौँ । अहिले र भविष्यमा समेत उनीहरूको अधिकारको सम्मान होस् भनी भेदभाव विरुद्ध आवाज उठाउन र समाजमा रहेका बाधा तथा अवरोधहरू विरुद्ध बोल्न सहयोग गर्दछौँ ।
हाम्रो सोच, ध्येय र कामको बारेमा जान्न हाम्रो वेबसाइटमा जानुहोस् ।
द ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हब
ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हब श्रवणदृष्टि विहीनता व्यक्तिहरू र उनीहरूलाई सहयोग गर्नेहरूलाई पहुँचयुक्त सूचना, सामग्री र स्रोतहरु प्रदान गर्ने अनलाइन प्ल्याटफर्म अर्थात् स्थान हो ।
यो हब हामीले विश्वका आठवटा देशहरूमा गरिरहेको कामलाई परिपूरक गर्ने र बलियो बनाउने महत्वपूर्ण प्राविधिक औजार हो । अन्तिममा, श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूलाई अपाङ्गता नभएका अन्य व्यक्ति सरह सूचना, स्रोतहरू र विषयवस्तु प्राप्त गरि आफ्नो वरिपरिको परिवेशबारे थाहा पाउन सघाउ पुर्याउने डिजिटल स्थानको रूपमा ग्लोबल रिसोर्स् हबलाई लिइएको छ ।