नेपालमा, अनुमानित रूपमा ११,५०० भन्दा बढी व्यक्तिहरु श्रवणदृष्टि विहीन अपाङ्गताको अवस्थामा रहेका छन्।
स्रोत: विश्व श्रवणदृष्टिविहीन महासंघ (WFDB), २०१८
“सीआरपीडी र एसडीजीको कार्यान्वयनमा बहिष्करणको जोखिम: असमानता र श्रवणदृष्टिविहीन व्यक्ति ।”
नेपालमा श्रवणदृष्टिविहीन व्यक्तिहरूलाई सबैभन्दा पछाडि परेका र संवेदनशील समूहमध्ये एक मानिन्छ।
नेपाल सरकारको अघिल्लो अपाङ्गता परिभाषा र वर्गीकरणअनुसार, श्रवणदृष्टि विहीनतालाई बहु-अपाङ्गता समूहअन्तर्गतको एउटा प्रकार मात्र मानिन्थ्यो। यसले श्रवणदृष्टि विहीन व्यक्तिहरूलाई आवश्यक विशिष्ट सहयोग र सहायता पाउन कठिन बनायो।
तर, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) को नेतृत्वमा भएका अभियानहरूका कारण, सन २००६ मा सरकारले श्रवणदृष्टि विहीनतालाई बहु-अपाङ्गताको सूचीबाट अलग गरी एउटा विशेष अपाङ्गता भनेर मान्यता दिएको थियो।
श्रवणदृष्टि विहीनतालाई फरक अपाङ्गताको बर्गिकरण गरे पनि श्रवणदृष्टिविहीन व्यक्तिहरूलाई सूचना प्राप्त गर्ने, अधिकार सुनिश्चित गर्ने र आवश्यक सहयोगमा पहुँच पाउन अझै महत्त्वपूर्ण चुनौतीहरूको सामना गर्नु परिरहेको छ।
प्रविधिमा पहुँच श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूको लागि परिस्थितिलाई पूर्ण रूपमा परिवर्तन गर्नसक्ने माध्यम हो। यसले सूचना पाउन, अरूसँग कुराकानी गर्न, र दैनिक जीवनमा सहभागी हुन नयाँ उपाय प्रदान गर्न सक्छ।
यी स्रोतहरूले श्रवणदृष्टिविहीन व्यक्ति र उनीहरूलाई सहयोग गर्नेहरूसँग जीविकोपार्जन, सिकाइ र प्रगतिका अवसरहरू सिर्जना गर्नेछन्।
अपाङ्गता परिचयपत्र वितरण तथा प्राप्त गर्ने प्रक्रियाहरुको संगालो
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
विद्यालय भर्ना अभियान: भरतपुर महानगरपालिका तथा कालिका नगरपालिका
स्रोतले विद्यार्थी दर्ता र शैक्षिक संस्थाहरूमा उपस्थिति बढाउने उद्देश्यले विद्यालय भर्ना अभियानको रूपरेखा दिन्छ।
प्रजनन स्वास्थ्य भनेको के हो?
स्रोतले प्रजनन स्वास्थ्यको एक पूर्ण जानकारी प्रदान गर्दछ, यसको मुख्य घटकहरू परिभाषित गर्दै र समग्र कल्याणको लागि यसको महत्त्वलाई हाइलाइट गर्दछ।