प्रकाशित मिति
फ्रेवुअरी 2025
सिर्जना
Sense UK
स्वीकारोक्ती
Sense International

सञ्चार गर्ने र सम्पर्क स्थापित गर्ने हजारौँ तरिकाहरू छन् – जस्तै, बोलेर, साङ्केतिक भाषा प्रयोग गरेर, स्पर्श, शारीरिक हाउभाउ, ध्वनी, चित्र, वस्तुहरू वा विद्युतीय सहयोगी सामग्रीको प्रयोग गरेर ।  

श्रवणदृष्टि विहीन, बहुइन्द्रिय अपाङ्गता(MSI) वा गम्भिर अपाङ्गता भएका व्यक्तिलाई सञ्चार गर्न र संसारको बारेमा जान्न, बुझ्न जुन उपाय सजिलो लाग्छ त्यही उपाय प्रयोग गरेर सञ्चार गर्नुपर्दछ ।

यसलाई ‘पूर्ण सञ्चार’ विधि भनिन्छ ।

याद गर्नुहोस् कि सञ्चार गर्ने नयाँ तरिका सिक्न कहिल्यै पनि धेरै ढिला भएको हुँदैन ।

सञ्चार गर्ने साझा तरिकाहरू यसप्रकार छन् :

  • साङ्केतिक भाषा वा स्पर्श साङ्केतिक भाषा ।
  • Makaton, साङ्केतिक भाषाको सरल स्वरूप ।
  • ब्रेलमा स्पर्शको लागि उठाइएका थोप्लाहरू प्रयोग गरिन्छ ।
  • हातमा शब्दहरूको स्पेलिङ्ग वा हिज्जे हातैले कोर्ने । हत्केलामा औंलाले लेखेर गरिने सञ्चार ।
  • ओठ पढ्ने (मौखिक सञ्चार) ।

सञ्चारका प्रकारहरू

हामीले प्रयोग गर्ने सञ्चारका मुख्य तरिकाहरू यस प्रकार छन् :

छोएर

  • ब्रेलमा छुनको लागि उठेका थोप्लाहरूको प्रयोग गरिन्छ ।

छोएर पढ्न सकिने लेखन प्रणालीलाई ब्रेल भनिन्छ । ब्रेलमा अङ्क र वर्णहरूलाई दुई स्तम्भमा छ ओटा थोप्ला प्रयोग गरि आयाताकारमा राखिएका हुन्छन् । प्रत्येक अङ्क र वर्णको लागि उठाइएका थोप्लाहरूको अलग अलग आकार प्रयोग गरिएको हुन्छ ।

  • ब्लक अल्फाबेटमा हातमा छोएर वर्णहरू बनाउन सकिन्छ ।

ब्लक अल्फाबेट स्पर्श प्रयोग गरेर सञ्चार गर्ने सरल तरिका हो । यो हेरेर वा बोलेर सञ्चार गर्ने तरिका होइन । वर्णहरूको समूहको आधारमा हातले छोएर अक्षरहरू पढिन्छ ।

  • मून लिपि एक स्पर्शात्मक लेखन प्रणाली हो, जसमा उठाइएका रेखा, वक्र र बिन्दुहरू प्रयोग गरिन्छ, जसलाई स्पर्श गरेर पढ्न सकिन्छ। यो दृष्टिविहीन व्यक्तिहरूका लागि डिजाइन गरिएको हो, जसरी ब्रेल लिपि प्रयोग गरिन्छ। तर, मून लिपिका अक्षरहरू छापिएका अक्षरसँग मिल्दो देखिन्छन्, जसले गर्दा केही व्यक्तिहरूलाई सिक्न सजिलो हुन्छ।

ब्रेलमा उठाइएका थोप्लाहरू प्रयोग गरिन्छ भने, मुनमा उठाइएका रेखाहरू, वक्र रेखाहरू र थोप्लाहरू प्रयोग गरिन्छ । यसले ध्वनीहरू, अक्षरका अंशहरू, पूरै अक्षर वा सङ्ख्या जनाउन सक्छ ।

  • टाडोमा छोएर ओठको चालको पढ्ने गरिन्छ ।

टाडोमा छोएर कसले के भनिरहेको छ भन्ने बुझ्ने तरिका हो । त्यसैले यसलाई ”ट्याक्टाइल लिपरिडिङ्ग” पनि भनिन्छ । यसको लागि तपाईंको बुढी औँला वक्ताको ‌ओठमा, बिचको तीन ‌औँला चिउँडोको रेखामा र कान्छी ‌औँला गलामा राखिन्छ ।

चिउँडोको चाल, अनुहारको चाल र गलामा महशुस हुने स्वरयन्त्रको तरङ्गको आधारमा वक्ताले के भनेको हो बुझ्न सकिन्छ ।

वक्ताले ‘न’ र ‘म’ जस्ता वर्णहरूको उच्चारण गर्न खोज्दा वक्ताको गाला फुल्ने र मुखबाट तातो हावा निस्कने भएकाले वक्ताले ‘न’ र ‘म’ जस्ता वर्ण भनेको हो भनी थाहा पाउन सकिन्छ ।

सङ्केतको प्रयोग

  • साङ्केतिक भाषा

साङ्केतिक भाषा बोलिने शब्दको सट्टा हातको हाउभाउ र चाल, शरीरको हाउभाउ र अनुहारको अभिव्यक्ति प्रयोग गरेर गरिने सञ्चारको तरिका हो । साङ्केतिक भाषा मुलतः श्रवणदृष्टि विहीन व्यक्ति, बहुइन्द्रिय अपाङ्गता भएका व्यक्ति र जटिल अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्छन् । सम्बन्धित मुलुकमा बोलिने स्थानीय भाषा वा भाषाहरूको आधारमा संसारमा साङ्केतिक भाषाका विभिन्न संस्करणहरू प्रयोग गरिन्छन् ।

  • साङ्केतिक भाषाको सरल स्वरूप माकातन

सङ्केत, चिन्हहरू र बोली प्रयोग गरेर सञ्चार गर्ने सरल र सजिलो तरिका माकातोन वा “मुख्य शब्दहरूको साङ्केतिक भाषा” हो । यो औपचारिक साङ्केतिक भाषा होइन । स्थानीय रूपमा प्रयोग हुने साङ्केतिक भाषाको आधारमा माकातोन फरक फरक हुनसक्छ ।

  • सिमित दृष्टि भएका व्यक्तिका लागि भिज्युअल फ्रेम साङ्केतिक भाषा ।

भिज्युअल फ्रेम साङ्केतिक भाषामा तपाईंसँग सञ्चार गरिरहेको व्यक्तिले साङ्केतिक भाषाको प्रयोग गर्दछन्, र तपाईंको दृष्टिको सानो क्षेत्रफल भित्र रहने गरि सानो क्षेत्रमा सङ्केतहरू देखाउँछन् । उदाहरणको लागि, व्यक्तिलाई टनेल भिजन छ भने तपाईंले साङ्केतिक भाषा अनुसारको सङ्केतहरू बनाउँदा निजले देख्ने गरि सिधै उनको अगाडी मात्रै सानो क्षेत्रफलमा साङ्केतिक भाषाहरू प्रस्तुत गर्नुपर्दछ ।  

  • सन्दर्भ वस्तु

सन्दर्भ वस्तु भन्नाले कुनै व्यक्ति वा स्थान वा क्रियाकलाप जनाउनको लागि समाउन सक्ने वा छुन सक्ने कुनै वस्तु सिङ्गै, वा कुनै वस्तुको अंश हुन सक्छ । उदाहरणको लागिः

व्यक्तिः टोपी वा बालाले मिलनसार साथी जनाउँछ

स्थानः सिसाकलमले स्कुल जनाउँछ

क्रियाकलापः चम्चाले खाना खाने समय जनाउँछ

त्यसैगरि, कुनै व्यक्तिलाई केही विषयको बारेमा जानकारी दिन प्रयोग गरिए जस्तै अपाङ्गता भएका व्यक्तिले कुनै इच्छा वा चाहना व्यक्त गर्न पनि यो प्रयोग गर्न सक्छन् । जस्तैः कप देखाएर “तीर्खा लाग्यो, पानी खान्छु” भन्न सकिन्छ।

बोलीको प्रयोग

  • प्रष्ट बोली

प्रष्ट बोली बोल्ने एक तरिका हो जसमा प्रत्येक शब्द, वाक्य र विचारलाई प्रष्ट र सरल तरिकाले बोलेर अभिव्यक्त गरिन्छ ।

  • लिपरिडिङ्ग वा ओठ पढ्ने

लिप रिडिङ्ग भनेको कुनै व्यक्तिले बोल्दा ओठको आकार पहिचान गर्न सक्ने, दाँत र जिब्रो कसरी प्रयोग गरेका छन् बुझ्ने, साथै उसको हाउभाउ र अनुहारको भावभङ्गिमा बुझ्ने विधि हो ।

  • नबोलिकन, नलेखिकन वा सङ्केतको प्रयोग नगरिकन गरिने अनौपचारिक सञ्चार ।

अनौपचारिक सञ्चार भनेको नबोली, नलेखी वा सङ्केतको प्रयोग नगरि आफ्नो अनुभूति वा भावना, चाहना र निर्णयहरूबारे सञ्चार गर्ने तरिका हो । जस्तैः

  • शारीरिक हाउभाउ
  • स्वास प्रश्वासको गति र लयमा भएको परिवर्तन
  • आँखाले ईशारा गर्ने
  • अनुहारको अभिव्यक्ति
  • शारीरिक हाउभाउ
  • ध्वनी सिर्जना गर्ने (वा भोकलाइजेशन)
  • ‌औँलाले देखाउने
  • सघन अन्तर्क्रियाले सबै कुरालाई सञ्चारकै रूपमा व्याख्या गर्दछ ।

सघन अन्तर्क्रिया भनेको सञ्चार र सामाजिक सीप विकासको प्रारम्भिक चरणमा रहेका बच्चाहरू र वयस्कहरूलाई सहयोग गर्ने एक विधि हो ।

यो विधि हामीले बालबालिकाहरूको चाल र आवाजलाई अवलोकन गरि प्रतिकार्य गर्ने, र यसलाई नै सञ्चारको रूपमा व्याख्या गर्ने तरिकामा आधारित छ ।  यसले कुनै व्यक्ति र उसले सञ्चार गर्न खोजिरहेको व्यक्तिलाई एक अर्कालाई बुझ्न र एक अर्काको साथमा रमाउन मद्दत गर्दछ ।

यो भनेको कुनै बालबालिका वा वयस्कले शरीरको हाउभाउ, आवाज र अनुहारको अभिव्यक्ति मार्फत् विभिन्न अवस्थाको प्रतिकार्य कसरी गर्छन् भनी नजिकबाट नियाल्ने र यसको जवाफ दिने तरिका हो ।

यो सूचना श्रवणदृष्टि विहीन लगायत जटिल अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने संयुक्त अधिराज्य (युके)मा अवस्थित अपाङ्गता सम्बन्धी एक प्रमुख सहयोगिसंस्था सेन्सले प्रदान गरेको हो ।

यो सामग्री अन्तर्राष्ट्रिय प्रयोगकर्ताको लागि सम्पादन गरिएको छ (२०२४)।

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

सहायक प्रबिधी

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका लागि नेपालमा उपलब्ध सहायक प्रविधिहरू हेर्नुहोस्।

नेपालका स्थानीय समाचारहरु

नेपालका स्थानीय समाचारहरू पढ्नुहोस्।

मोबाइल एपहरु

मोबाइल एप्लिकेशनहरूले तपाईंको अनलाइन अनुभव बढाउन मद्दत गर्दछ। यी सबै नेपालमा उपलब्ध छ ।