यो कसको लागि उपयोगी हुनेछ?

यो सामग्री श्रवणदृष्टि विहीन तथा बहिरा बालबालिकाहरुका लागि निर्माण गरिएको हो। जो बालबालिका खासगरी प्रारम्भिक कक्षा तथा घरमा आधारित शिक्षामा आबद्द छन् उनीहरुको सिकाइलाई यसले सहयोग पुर्याउछ ।

प्रकाशित मिति
जुन 2023
सिर्जना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मनाव स्रोत बिकास केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
बिश्व शिक्षा

राष्ट्रिय प्रारम्भिक कक्षा अन्तर्गत प्रकाशन भएको किताबबाट  “झक्कु र क्यामरा” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको  आवश्यकतालाई जोड दिइएको छ । यस भिडियोले आधा अक्षर “क्” को  सङ्केत चिन्न, सिक्न र पढ्नका साथै आधा क्  लागेका शब्द समेत सिक्न सिकाउन मदत गर्दछ ।

ट्रांसक्रिप्ट: झक्कु र क्यामरा

उसको नाम झक्कु हो ।

साङ्केतिक नाम झक्कु हो ।

झक्कु घरमा एक्लै थियो । झक्कुले काकाको क्यामरा झिक्यो ।
आहा ! चिटिक्कको सानो क्यामरा । ऊ मक्ख पर्यो ।


उसले क्यामरा क्लिक गर्यो ।


कोठामा झिलिक्क प्रकाश देखियो ।


झक्कु छक्क पर्यो ।


झक्कुले क्यामरा बोक्यो । झक्कु लुसुक्क गोठमा गयो ।


भक्कु भेडा जुरुक्क उठे । झक्कुको क्यामराले क्लिक गर्यो ।

झमक्क साँझ पर्यो । काका झुलुक्क देखिनुभयो ।

झक्कुले थपक्क क्यामरा दियो ।

काका मुसुक्क हाँस्नुभयो । उहाँले भन्नुभयो— “क्याबात झक्कु !”

फोटा देखेर काका मक्ख पर्नु भयो ।

काकाले झक्कुलाई छातीमा लपक्क टाँस्नुभयो ।

मुख्य शब्दहरु

एक्लै

क्यामरा

झिक्यो

चिटिक्क

मक्ख

झिलिक्क

लुसुक्क

जुरुक्क

झमक्क

झुलुक्क

थपक्क

मुसुक्क

क्याबात

लपक्क

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब – पुष्पराज रिमालको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।

श्रवणदृष्टि विहीनता भएका बालबालिकाको शौचालय सिप विकास स्रोत पुस्तिका

यस स्रोतले श्रवणदृष्टि विहीन बालबालिकाहरूलाई शौचालय सीप सिकाउनका लागि सरल र स्पष्ट मार्गदर्शन गरेको छ । हेरचाहकर्ता र शिक्षकहरूलाई बालबालिकाको स्वतन्त्रता र आत्मसम्मान बढाउनका लागि व्यवहारिक उपाय र तरिकाहरू दिएको छ ।

प्रशान्त कठायतको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।