प्रकाशित मिति
फ्रेवुअरी 2025

बहिरा भएका व्यक्तिहरूका लागि अनलाइन अनुभव र पहुँच बढाउन यी मोबाइल एपहरूमा एक नजर राख्नुहोस्

मेरो सङ्केत र सिकाई

NDFN ले आफ्ना साझेदारहरूसँग मिलेर आधारभूत साङ्केतिक भाषा सिक्नका लागि दुईवटा एपहरू विकास गरेका छन्। यो मुख्यतया बालबालिकाहरूलाई लक्षित गरिएको हो तर यो एप युवाहरूले पनि प्रयोग गर्न सक्छन् :

सुनौलो बिहानी

सुनौलो बिहानी एप अटिजम केयर सोसाइटी नेपालद्वारा दृश्य सिकाइका लागि विकसित गरिएको हो । दृष्टिमा कठिनाइ भएका व्यक्तिहरुका लागि पनि सहयोगी हुन सक्छ।

Be My Eyes

Be My Eyes एक स्वैच्छिक सेवा एप हो जसले दृष्टी वा श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूलाई आवश्यक पर्दा स्वयंसेवकको सहयोग अनुरोध गर्न सक्नुहुनेछ ।

पहुँचयुक्तताको विवरण 

हाम्रो वेबसाइटमा कतिपय ठाउँमा, हामीले प्रयोगकर्तालाई उपयोगी जानकारी र सल्लाह दिन तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू उपलब्ध गराएका छौं। हामी यी तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू पूर्ण रूपमा पहुँचयोग्य छन् र WCAG 2.2

को पालना गर्छन् भन्ने ग्यारेन्टी गर्न सक्दैनौं। सम्भव भए सम्म, हामी तेस्रो पक्षसँग सहकार्य गर्दै WCAG 2.2 अनुरूप आवश्यक सुधार गर्नका लागि प्रयास गर्ने र्छौं।  हाम्रो पहुँचयोग्यताको विवरण यहाँ पूरा पढ्न सक्नुहुनेछ । 



यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवणदृष्टि विहिन भनेको के हो (भिडियो)

यो स्रोतले श्रवणदृष्टि विहिनता, यसको कारण, प्रकार, लक्षणहरू, र संचार, शिक्षा तथा दैनिक जीवनमा सहयोगका उपायहरूको बारेमा जानकारी दिन्छ।

सूचना तथा सञ्चारमा  अपाङ्गता भएका व्यक्तिको पहुँचको अवस्था तथा आवश्यकता लेखाजोखा सम्बन्धी प्रतिवेदन

यस स्रोतले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सञ्चार प्रणालीहरू कत्तिको पहुँचयोग्य छन् भन्ने मूल्याङ्कन गर्छ, जहाँ रहेका समस्याहरूलाइ सुधार गर्न आग्रह गर्छ र उनीहरूले समाजमा पूर्ण रूपमा सहभागी हुन सकून्।

श्रवणदृष्टि विहीन भएका व्यक्तिहरूको लागि अभिमुखीकरण र गमनशिलता

यस स्रोतले श्रवणदृष्टि विहीन व्यक्तिहरूका लागि अभिमुखीकरण तथा गतिशीलता (O&M) सम्बन्धी आवश्यक मार्गदर्शन निर्देशन दिन्छ । उनीहरूको स्वतन्त्रता र सुरक्षित गर्न उपकरण, प्रविधि र रणनीतिहरूलाई प्राथमिकता राख्दछ ।