हामी वेब सामग्रीहरूलाई पहुँचयुक्त बनाउने सम्बन्धी व्यवस्था डब्ल्युसीएजी गाइडलाइन ( WCAG guidelines) को पछिल्लो सँस्करण पालना गर्न पूर्ण प्रतिवद्ध छौँ । त्यसैगरि तपाईंले दृष्टि, स्पर्श वा बोलीमध्ये जुनसूकै माध्यमले ग्लोबल रिसोर्स हबमा पहुँच प्राप्त गर्न खोजे तापनि हाम्रो सामग्री पहुँचयुक्त भएको सुनिश्चित गर्नमा पनि प्रतिवद्ध छौँ ।

यसको लागि तपाईंले आफ्नो कम्प्युटरको अपरेटिंग सिस्टम र इन्टरनेट ब्राउजरमै  भएको पहुँचयुक्तता व्यवस्थाको पनि प्रयोग गर्न सक्नुहुनेछ। तपाईले आफ्नो डिभाइसको  सेटिङहरू परिवर्तन गरेर आफ्ना प्राथमिकताहरू निर्धारण गर्न सक्नुहुन्छ । त्यसपछि तपाईले प्रयोग गर्ने कुनै पनि वेबसाइटमा ती प्राथमिकता वा सेटिङ्का व्यवस्थाहरू स्वतः लागु हुनेछन्  ।

कलर कन्ट्रास्ट अनुकुलन गर्नु वा फण्टको आकार बढाउनु अनुकुलनका केही सामान्य उदाहरणरू हुन् ।  यसको प्रक्रियाबारे केही मार्गदर्शन यहाँ उपलब्ध छ । यो मार्गदर्शन तपाईले प्रयोग गर्ने डिभाइस वा सफ्टवेयरको आधारमा  फरक हुनसक्नेछन् ।

अक्षरलाई कसरी ठूलो बनाउने

कम्प्युटरमा:

  • अक्षर ठूलो बनाउन Ctrl + प्लस (+) थिच्नुहोस्  ।
  •  अक्षर सानो बनाउन Ctrl + माइनस (-) थिच्नुहोस्  ।
  • अक्षरको आकार रिसेट गर्न Ctrl + 0 थिच्नुहोस्  ।
  • म्याक कम्प्युटरमा Ctrl को सट्टा Cmd  प्रयोग गर्नुहोस्।
  • वा ब्राउजरमा गई सेटिङमा जानुहोस्  र “जूम” वा “फन्ट साइज” खोज्नुहोस्  ।

म्याक कम्प्युटरमा:

म्याक कम्प्युटरमा एप्पल मेनु  मा जानुहोस्, त्यसपछि सिस्टम सेटिङ्स्मा जानुहोस्, त्यसपछि साइडबारमा रहेको पहुँचयुक्तता   मा थिच्नुहोस् ।

  • डिस्प्लेमा क्लिक गर्नुहोस्, स्क्रोल गर्दै टेक्स्टसम्म पुग्नुहोस्, त्यसपछि “टेक्स्ट साइज” क्लिक गर्नुहोस्।
  • डेस्कटपमा, एपहरूको साइडबारमा वा सूचीकृत एपहरूमा अक्षरको आकार बढाउन स्लाइडरलाई दायाँतिर तान्नुहोस् ।  (युज प्रिफर्ड रिडिङ् साइज निर्धारण गरिएको भने)
  • आईफोन (सफारी)मा: सेटि मा जानुहोस् > एप्समा जानुहोस्  >सफारी > पेज जुम र आकार छान्नुहोस्।
  • एन्ड्रोइड (क्रोम) मा: तीन बिन्दुहरूमा (माथि दायाँ) ट्याप गर्नुहोस्, त्यसपछि, सेटिङमा जानुहोस्, पहुँचयुक्ततामा जानुहोस्, र अक्षरको आकार छान्ने स्लाइडर सार्नुहोस्।

आफ्नो एन्ड्रोइड डिभाइसलाई व्यवस्थित गर्ने अन्य उपायहरूः एन्ड्रोइड डिभाइसमा पहुँचयुक्तताको परिचय

राम्रो कन्ट्रास्टको लागि कलरहरू कसरी परिवर्तन गर्ने

  • विण्डोज्:
    • डार्क रीडर वा मिडनाइट लिजार्ड जस्ता नि: शुल्क उपकरणहरू प्रयोग गर्नुहोस्।
    • कलर परिवर्तन गर्न सेटिङ>एक्सेसिबिलिटी>कन्ट्रास्ट थिममा जानुहोस्  
    •  उच्च कन्ट्रास्टलाई चालू वा बन्द गर्न Alt + Left Shift + PrintScreen थिच्नुहोस्
  • म्याक (सफारी):
    • नाइटशिफ्ट डार्क मोड (नि: शुल्क) प्रयोग गर्नुहोस्।
    • कलर परिवर्तन गर्नCmd + Alt + Ctrl + 8 थिच्नुहोस्।
  • आईफोन:
    • सेटिङ> डिस्प्ले एण्ड टेक्स्ट साइज>एक्सेसिबिलिटी मा जानुहोस् ।
    • कन्ट्रास्ट बढाउनुहोस् वा स्मार्ट इनभर्ट चालू गर्नुहोस् 
    • छिटो परिवर्तन गर्न, एक्सेसिबिलिटी सर्टकटमा जानुहोस्  र द्रुत पहुँचयुक्ता सेट अप गर्नुहोस्।
  • क्रोमबुक (क्रोम ब्राउजर):  कलर परिवर्तन गर्नCtrl + Search + H थिच्नुहोस्।
  • एन्ड्रोइड (विकल्पहरू डिभाइसको प्रकारमा निर्भर गर्दछन्):
    • सामसुङः सेटिङ > एक्सेसिबिलिटी > भिजिबिलिटी इन्हान्समेन्ट > कलर इन्भर्जन वा  सेटिङ >थिम > सेलेक्ट द थिम मा जानुहोस् ।
    • गूगल पिक्सेल: सेटिङ > एक्सेसिबिलिटी > कलर & मोसन > कलर इन्भर्जन  मा जानुहोस् ।
    • फायर ट्याब्लेट: सेटिङ > एक्सेसिबिलिटी > कलर इन्भर्जन  मा जानुहोस् ।
  • क्रोमबुक (क्रोम ब्राउजर): कलर परिवर्तन गर्नCtrl + Search + H थिच्नुहोस् ।

आफ्नो ब्राउजर, अपरेटिंग सिस्टम र कम्प्युटर, स्मार्टफोन वा ट्याब्लेटको माध्यमले पहुँचयुक्ततामा सुधार गर्ने थुप्रै तरिकाहरू छन्। आफ्नो अनलाइन अनुभव सुधार गर्न मोबाइल एपहरूमा हाम्रो जानकारी पृष्ठमा हेर्नुहोस्  ।

पहुँचयुक्तता सम्बन्धी अन्य व्यवस्थाहरू

एन्ड्रोइड र क्रोमबुक

ब्रेल डिस्प्ले

लाइभ क्याप्सन

श्रवण सहायता

एन्ड्रोइडमा पहुँचयुक्तता सम्बन्धी व्यवस्थाहरू  

क्रोमबुकमा पहुँचयुक्तता सम्बन्धि व्यवस्थाहरू

आफ्नो एन्ड्रोइड उपकरणको लागि गुगलबाट पछिल्ला पहुँचयुक्तता अद्यावधिकहरू पनि हेर्न सक्नुहुनेछ

आईओएस – एप्पल

ब्रेल डिस्प्ले

लाइभ डिस्क्रिप्सनहरू

श्रवणका लागि पहुँचयुक्ताका व्यवस्थाहरू  

दृष्टिका लागि पहुँचयुक्तताका व्यवस्थाहरू

बोलीका लागि पहुँचयुक्तताका व्यवस्थाहरू

गमनशीलताका लागि पहुँचयुक्तताका व्यवस्थाहरू

ब्राउजरको पहुँचयुक्तता सम्बन्धी व्यवस्था

धेरै ब्राउजरहरूमा मद्दतको लागि अतिरिक्त उपकरणहरू हुन्छन् । तिनीहरूको पहुँचयुक्तता सम्बन्धी व्यवस्थाको बारेमा पत्ता लगाउन केही लोकप्रिय लिङ्कहरूमा क्लिक गर्नुहोस्:

पहुँचयुक्तता सम्बन्धी हाम्रो  वक्तव्य यहाँ पढ्नुहोस्