यो कसको लागि उपयोगी हुनेछ?
अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।
यौन र प्रजनन स्वास्थ्य अधिकारको पहिचान र संरक्षणको लागि वकालत गरेर, स्रोतले व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सेवाहरू पहुँच गर्न, व्यापक शिक्षा प्राप्त गर्न, र उनीहरूको प्रजनन जीवनको बारेमा सूचित छनौटहरू गर्न सशक्त बनाउने लक्ष्य राख्छ। यसले यी अधिकारहरूलाई समर्थन गर्ने नीति र अभ्यासहरूको लागि आह्वान गर्दछ, सबैले स्वस्थ र पूर्ण जीवनको आनन्द उठाउन सक्छन् भन्ने सुनिश्चित गर्दै।
प्रतिलिपि: यौन र प्रजनन स्वास्थ्य अधिकार के हो?
यौन तथा प्रजनन स्वास्थ्य अधिकारहरु के-के हुन्?
मानवले पाउनुपर्ने आधारभूत स्वतन्त्रता र मानव सम्मानहरु मानव अधिकारहरु हुन्।
मानव जन्मनासाथ यी सबै मानवहरु स्वत: प्राप्त हुन्छन्।
विश्व स्वास्थ्य संगठन (WHO) को परिभाषा अनुसार प्रत्येक व्यक्तिको जिम्मेवारी, सन्तुष्टि तथा सुरक्षित यौनिक जीवनयापनको क्षमता हुन्छ।
उनीहरुसँग जन्म दिने क्षमता तथा स्वतन्त्रतापूर्वक निर्णय लिने क्षमता र अधिकार हुन्छ।
प्रजनन अधिकार भन्नाले प्रत्येक व्यक्ति र दम्पतीका आधारभूत अधिकारको मान्यता हो जसअनुसार व्यक्तिले स्वतन्त्र तथा जिम्मेवारीपूर्वक बच्चाको संख्या, कति गर्भान्तर र कुन समयमा बालबालिका जन्माउने, त्यस सम्बन्धी तथ्यांक र जानकारीहरु प्राप्त गर्ने र उच्चस्तरीय यौन तथा प्रजनन स्वास्थ्यको उपलब्धताको लागि प्रयत्न गर्ने अधिकार भन्ने जनाउँदछ ।
यौन तथा प्रजनन अधिकारहरु पनि आधारभूत मानवअधिकार हुन्।
त्यसैले यी अधिकारहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मानव अधिकारहरु पनि भन्ने गरिन्छ।
यी अधिकारहरु अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त छन् र सबै व्यक्तिका लागि उस्तै हुन्।
सबैजसो देशहरुले यी अधिकारहरुलाई अनुमोदन गरि यी अधिकारहरुको रक्षा गर्न आ-आफ्नो देशहरुमा कानुनको एक भाग बनाउन हस्ताक्षर गरेका छन्
नेपालको संविधानद्धारा प्रजनन स्वास्थ्य सम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्ति गर्नको लागि प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न संघीय संसदले सम्बत् २०७५ सालको ऐन नं.९ बनाएको हो ।
हालै हाम्रो देशमा सरकारले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी कानुन बनाएर लागु गरिसकेको छ।
त्यस कानुनमा स्पष्टसंग यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारहरुको व्यवस्था गरिएको छ,
जसअनुसार यौन तथा प्रजनन स्वास्थ्य अधिकारहरु निम्न अनुसार हुन्छन् :
यौन तथा प्रजनन स्वास्थ्य अधिकारहरु
- प्रत्येक महिला तथा किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा, सूचना, मनोपरामर्श तथा सेवा प्राप्त गर्ने अधिकार हुनेछ।
- प्रत्येक महिलालाई गर्भान्तर वा सन्तान संख्या निर्धारण गर्ने अधिकार हुनेछ।
- प्रत्येक व्यक्तिलाई गर्भ निरोधका साधनको सम्बन्धमा जानकारी पाउने र सो को प्रयोग गर्ने अधिकार हुनेछ।
- प्रत्येक महिलालाई यस ऐन बमोजिम गर्भपतन सेवा प्राप्त गर्ने अधिकार हुनेछ।
- प्रत्येक महिलालाई गर्भावती तथा सुत्केरी र प्रजनन स्वास्थ्य रुग्णताको अवस्थामा पोषणयुक्त, सन्तुलित आहार तथा शारीरिक आराम पाउने अधिकार हुनेछ।
- प्रत्येक महिलालाई प्रसुतिकर्मीबाट आवश्यक मनोपरामर्श, गर्भवती तथा सुत्केरी सेवा, सुत्केरी पश्चातको गर्भनिरोध सेवा पाउने अधिकार हुनेछ।
- प्रत्येक महिलालाई आकस्मिक प्रसुति सेवा, आधारभूत आकस्मिक प्रसुति सेवा, बृहत आकस्मिक प्रसुति, नवजात शिशुको लागि अत्यावश्यक सेवा र नवजात शिशुको आकस्मिक सेवा पाउने अधिकार हुनेछ।
- प्रत्येक व्यक्तिलाई आफ्नो जीवनचक्रको बिभिन्न अवस्थामा आवश्यक परे प्रजनन स्वास्थ्य सेवा सर्वसुलभ, स्वीकार्य र सुरक्षित रुपले पाउने अधिकार हुनेछ।
- प्रत्येक व्यक्तिलाई प्रजनन स्वास्थ्य सेवा छनौट गर्ने अधिकार हुनेछ।
माथिका अधिकारहरु मानव अधिकारकै अंग भएकोले मौलिक अधिकारको रुपमा बाँच्न पाउने, स्वतन्त्र विचार राख्न पाउने र सूचना पाउने समानताको हकको संबिधानद्धारा नै रक्षा गरिएको छ।
सबै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारहरु समाजका सबै पुरुष, महिला, तेस्रो लिंगीलगायतका व्यक्तिहरुले समान रुपमा उपयोग गर्ने अधिकार हुन्छ।
मानव अधिकारहरुको जिम्मेवारीपूर्ण अभ्यासका लागि प्रत्येक मानिसले एक अर्काको अधिकारलाई सम्मान गर्नुपर्छ।