यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
मार्च 2026
सिर्जना
राष्ट्रिय बहिरा महासंघ नेपाल

श्रवणदृष्टि विहीनता तथा अन्य अपाङ्गता भएका व्यक्तिहरू र सरोकारवालाहरूका लागि तयार पारिएको यो भिडियो स्रोत HUB मा केन्द्रित छ। यसले सबै अपाङ्गता भएका व्यक्तिहरूले निःशुल्क रूपमा अध्ययन गर्न सक्ने सुनिश्चित गर्न योगदान पुर्‍याउँछ। यस भिडियोले आवश्यकता अनुसार सिकाइ वातावरण निर्माण गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्दछ।

पुष्पराजको कथाको प्रतिलिपि

नमस्कार म पुष्प राज रिमाल ।   श्रवणदृष्टि विहीन संघ नेपालको अध्यक्ष ।

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरु, श्रवणदृष्टि विहीनताका क्षेत्रमा काम गर्ने शिक्षकहरु, वकालतकर्ताहरु, रिसर्च गर्ने अन्वेषकहरु थेसिस लेख्नहरु जोसुकैलाईपनि एकदमै उपयुक्त छ ।

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुका लागि निर्माण भएका सबैखाले स्रोतहरु यस पोर्टलमा पाइने भएकाले श्रवणदृष्टि विहीनताका बारेमा सजिलै सँग धेरैकुरा जानकारी हुन्छ त्यसकारण यो एकदमै उपयोगि छ । म यसको प्रयोगगर्ता र पारखी पनि हुँ । यसमा हाम्रो देशमा बनेका श्रवणदृष्टि विहीनता सम्बन्धी स्रोतहरु लगायत विश्वमा बनेका स्रोतहरु साथै स्थानीय समाचारहरु नेपाल सरकारले तयार गरेका अनेक पुस्तक पुस्तिकाहरु यसमा एकदमै सजिलो सँग पाउन सकिन्छ ।

जसले गर्दा मलाई आवश्यक पर्ने स्रोतहरु खोज्न म अन्त जान परेको छैन । त्यसैले यो सबैको लागि उपयोगि भएको छ ।

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाहरुका लागि संगीत र चलायमानताः एक व्यवहारिक मार्गदर्शन

यस मार्गदर्शनले हेरचाहकर्ताहरू र शिक्षकहरूलाई संगीत र आन्दोलनको प्रयोग गरी बहिरे-अन्धापन भएका बच्चाहरूको सिकाइ, सञ्चार, र समावेशितालाई समर्थन गर्ने व्यावहारिक उपायहरू प्रस्ताव गर्दछ।

श्रवण दृष्टिविहिन अपाङ्गता भएका बालबालिकाहरुका लागि चलायमानता तथा सुझबुझजन्य खेलहरुः अभिभावक तथा हेरचाहकर्ताका लागि व्यवहारिक मार्गदर्शन

यो स्रोतले बधिरअन्ध बच्चाहरूमा शारीरिक, संवेदी, र सामाजिक विकासलाई समर्थन गर्न रोलिङ, संवेदी ट्रेहरू, र बल खेल जस्ता खेल र गतिविधिहरू प्रयोग गर्ने बारे चरण-दर-चरण मार्गदर्शन प्रदान गर्दछ।

श्रवणदृष्टिविहीन अपाङ्गता भएका विद्यार्थीहरूका लागिउपयुक्त रुपमा अनुकुलित कक्षाकोठा

यो स्रोतले बहिराङ्ग सुन्न नसक्ने र देख्न नसक्ने बालबालिकाका लागि कक्षामा अनुकूलन कसरी गर्ने भन्नेमा मार्गदर्शन प्रदान गर्दछ।