Who is this useful for?

श्रवणदृष्टि विहीनताका बारेमा जान्न चाहने सबैलाइ यो भिडियो उपयुक्त रहेको छ । यस भिडियो बाट श्रवणदृष्टि विहीनतामा भएको विविधता, उनिहरूका अवश्यता र उनीहरूले गर्ने सञ्चारका तरिकाका बारेमा जो कोहीले पनि जानकारी पाउने छन् । खास गरि शिक्षक, अभिभावक, स्वास्थ्यकर्मि लगायतका समुदायलाइ यस भिडियोले जानकारी प्रदान गर्ने छ ।

Date of publication
मे 2023
Created by
राष्ट्रिय बहिरा महासंघ नेपाल-श्रवण दृष्टि विहीनता राष्ट्रिय स्रोत केन्द्र ।
Acknowledgements
JOA, Sense International UK

श्रवणदृष्टि विहीनता जन्मजात र जन्मपछि दुवै समयमा हुन सक्दछ । व्यक्तिको देख्ने र सुन्ने क्षमताका आधारमा पनि श्रवणदृष्टि विहीनतामा विविधता रहेको छ । यस भिडियोमा पुर्ण श्रवणदृष्टि विहीनता, पुर्ण दृष्टि विहीन/दृष्टि विहीन र सुस्त श्रवण, बहिरा र न्युनदृष्टियुक्त, सुस्तश्रवण र न्युनदृष्टियुक्त श्रवणदृष्टि विहीनता र उनीहरूले गर्ने सञ्चार र उनीहरूका आवश्यकताका ’boutमा जानकारी राखिएको छ ।

यस स्रोत सामग्रिले श्रवणदृष्टि विहीनतको वास्तविकता देखाएको छ । सुनाइ र हेर्ने क्षमताका अधारमा श्रवणदृष्टि विहीनता विभिन्न प्रकारको रहेको हुन्छ । उनीहरूका अवश्यकता, उनीहरू सँग गरिने सञ्चार पनि फरक फरक हुन्छ ।  श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूको  हेरचाह गर्ने कर्मचारी, शिक्षक वा परिवारका सदस्यहरू र सरकारी अधिकारीहरूका लागि यो भिडियो महत्वपुर्ण जानकारीका रूपमा रहेको छ । यस भिडियो मुख्य गरीः 

  • श्रवणदृष्टि विहीनताको प्रकार 
  • श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका अवश्यकता 
  • फरक फरक श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूले गर्ने सञ्चारका तरिकाहरू 
  • सुनाइ र हेराइमा कठिनाइ भएका बालबालिकाहरू कहिँ कतै देखिएमा उनिहरूको सिघ्र पहिचानका लागि समन्व्य गरिने अदिकुराहरू समावेश गरिएको छ । 

लिंकहरु

Was this useful?

Share


Similar Resources

श्रवणदृष्टि बिहिन स्रोत पुस्तिका

यस पुस्तिकाले श्रवणदृष्टि बिहिनका बिबिध पाटोहरुका जस्तै : श्रवणदृष्टि बिहिनको पहिचान, गमनासिलता, संचार तथा शिक्षाका बारेमा बारेमा चर्चा गर्दछ