प्रकाशित मिति
फ्रेवुअरी 2025

दैनिक जीवन सहजिकरण गर्न स्थानीय सरकार, एनजिओहरू र आइएनजिओका सुचना र जानकारीहरू हेर्नुहोस्।

राष्ट्रिय अपाङ्गता महासंघ नेपाल (NFDN)

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको छाता संस्था हो । अपाङ्गताका सवालमा सरकारको ध्यानाकर्षण पैरवी तथा वकालत गर्नमा यसको प्रमुख भुमिका छ। महासंघमा उपलब्ध सुचना तथा स्रोतहरू नेपाली साङ्केतिक भाषामा पनि छन्।

नेपाल अपाङ्गता पोर्टल

नेपाल अपाङ्गता पोर्टल, अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाहरुको एक सामूहिक प्रयास हो र यो सबै अपाङ्गता सम्बन्धी डाटा र स्रोतहरूका केन्द्रका रूपमा प्रयोग हुन्छ।

NDFN द्वारा NSL शब्दकोश एप

राष्ट्रिय बहिरा महासंघ नेपालले अनलाइनमार्फत नेपाली साङ्केतिक भाषा शब्दकोषको विकास गरेको छ जुन श्रवणदृष्टी बिहिन भएका व्यक्तिहरूका लागि साङ्केतिक भाषा सिक्ने उत्कृष्ट साधन पनि हो।

राष्ट्रसंघीय डिजिटल पुस्तकालय नेपाल

नेपालमा रहेका संयुक्त राष्ट्रसंघका एजेन्सीहरू र तिनका बिभिन्न साझेदारहरूले विभिन्न स्रोत र जानकारी भएको साइट बनाएका छन्। यो नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध छ।

विभिन्न ढाँचाहरूद्वारा ई-लर्निङ पोर्टल

विविध ढाँचाहरूद्वारा विकसित ई-लर्निङ पोर्टल पूर्ण रूपमा पहुँचयोग्य र निःशुल्क छ, जसले अपाङ्गता भएका व्यक्तिहरूका लागि कागजातहरू कसरी पहुँचयोग्य बनाउने भन्ने बारेमा पाठ्यक्रमहरू प्रदान गर्दछ ।

पहुँचयुक्तताको विवरण 

हाम्रो वेबसाइटमा कतिपय ठाउँमा, हामीले प्रयोगकर्तालाई उपयोगी जानकारी र सल्लाह दिन तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू उपलब्ध गराएका छौं। हामी यी तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू पूर्ण रूपमा पहुँचयोग्य छन् र WCAG 2.2

को पालना गर्छन् भन्ने ग्यारेन्टी गर्न सक्दैनौं। सम्भव भए सम्म, हामी तेस्रो पक्षसँग सहकार्य गर्दै WCAG 2.2 अनुरूप आवश्यक सुधार गर्नका लागि प्रयास गर्ने र्छौं।  हाम्रो पहुँचयोग्यताको विवरण यहाँ पूरा पढ्न सक्नुहुनेछ । 




यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।