महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका
यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।
दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका
यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।
खाना खाने सिप विकासका सम्बन्धी हाते पुस्तिका
यो स्रोत अपाङ्गता भएका बालबालिकालाई आत्मनिर्भर दैनिक जीवनयापनका लागि आवश्यक खाना खाने सिप विकास गर्न सहयोग गर्ने क्रमबद्ध मार्गदर्शिका हो।
कपाल कोर्न सिप विकास सम्बन्धी हाते पुस्तिका
यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक आत्म-हेरचाह र आत्मनिर्भरता विकासका लागि कपाल कोर्ने आधारभूत सिप सिकाउन चरणबद्ध रूपमा तयार गरिएको मार्गदर्शिका हो ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धी
यो अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीमा व्याख्या गरिए बमोजिमका अपाङ्गता भएका व्यक्तिका केही अधिकार सम्बन्धी छोटो प्रस्तुती हो ।
श्रवणदृष्टि विहीनता गमनशिलता र अभिमुखिकरण अभिभावकहरुका लागि सजिलो हाते पुस्तिका
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
श्रवणदृष्टि विहीनता सम्बन्धी स्रोत पुस्तिका
यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका विविध पाटोहरु जस्तैः श्रवणदृष्टि विहीनताको पहिचान, गमनशिलता, संचार तथा शिक्षाका बारेमा बारेमा चर्चा गर्दछ | यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका बारेमा बुझ्न मद्धत गर्दछ ।