यो कसको लागि उपयोगी हुनेछ?

यो सामग्री श्रवणदृष्टि विहीन तथा बहिरा बालबालिकाहरुका लागि निर्माण गरिएको हो। जो बालबालिका खासगरी प्रारम्भिक कक्षा तथा घरमा आधारित शिक्षामा आबद्द छन् उनीहरुको सिकाइलाई यसले सहयोग पुर्याउछ ।

प्रकाशित मिति
जुन 2023
सिर्जना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मनाव स्रोत बिकास केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
बिश्व शिक्षा

राष्ट्रिय प्रारम्भिक कक्षा अन्तर्गत प्रकाशन भएको किताबबाट  “झक्कु र क्यामरा” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको  आवश्यकतालाई जोड दिइएको छ । यस भिडियोले आधा अक्षर “क्” को  सङ्केत चिन्न, सिक्न र पढ्नका साथै आधा क्  लागेका शब्द समेत सिक्न सिकाउन मदत गर्दछ ।

ट्रांसक्रिप्ट: झक्कु र क्यामरा

उसको नाम झक्कु हो ।

साङ्केतिक नाम झक्कु हो ।

झक्कु घरमा एक्लै थियो । झक्कुले काकाको क्यामरा झिक्यो ।
आहा ! चिटिक्कको सानो क्यामरा । ऊ मक्ख पर्यो ।


उसले क्यामरा क्लिक गर्यो ।


कोठामा झिलिक्क प्रकाश देखियो ।


झक्कु छक्क पर्यो ।


झक्कुले क्यामरा बोक्यो । झक्कु लुसुक्क गोठमा गयो ।


भक्कु भेडा जुरुक्क उठे । झक्कुको क्यामराले क्लिक गर्यो ।

झमक्क साँझ पर्यो । काका झुलुक्क देखिनुभयो ।

झक्कुले थपक्क क्यामरा दियो ।

काका मुसुक्क हाँस्नुभयो । उहाँले भन्नुभयो— “क्याबात झक्कु !”

फोटा देखेर काका मक्ख पर्नु भयो ।

काकाले झक्कुलाई छातीमा लपक्क टाँस्नुभयो ।

मुख्य शब्दहरु

एक्लै

क्यामरा

झिक्यो

चिटिक्क

मक्ख

झिलिक्क

लुसुक्क

जुरुक्क

झमक्क

झुलुक्क

थपक्क

मुसुक्क

क्याबात

लपक्क

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।