यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
सेप्टेम्बर 2022
सिर्जना
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
समाबेशी शिक्षा परियोजना, सेन्स इन्टर्नेशनल र यूकेएआइडी

यसले उमेर-उपयुक्त शिक्षा, स्वास्थ्य सेवा, र समर्थनको आवश्यकतालाई जोड दिँदै उनीहरूको स्वास्थ्य र कल्याणको बारेमा सूचित निर्णयहरू गर्ने अधिकारलाई जोड दिन्छ। 

व्यापक जानकारी र सेवाहरू प्रदान गरेर, स्रोतले युवा केटीहरूलाई उनीहरूको प्रजनन स्वास्थ्यको नियन्त्रण लिन, प्रारम्भिक गर्भावस्थाको जोखिम कम गर्न, र स्वास्थ्य सेवा पहुँचमा लैङ्गिक समानता प्रवर्द्धन गर्न सशक्त बनाउनको लागि वकालत गर्दछ। 

ट्रान्सक्रिप्ट: किशोरावस्थामा परिवार नियोजनका साधनहरूलगायत प्रजनन स्वास्थ्यबारे सिक्नु किन महत्त्वपूर्ण छ?

किशोरावस्थामा नै परिवार नियोजनका साधनहरु लगायत प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी लिन किन जरुरी छ?

किशोरावस्थामा हुने शारीरिक, भावनात्मक तथा यौनिक परिवर्तनहरुले गर्दा किशोरकिशोरीहरूमा यौन सम्बन्धी जिज्ञासा हुनु स्वाभाविक हो।

परिवार नियोजनका साधनहरु लगायत स्वास्थ्य सम्बन्धी जिज्ञासाहरुमा जानकारी लिन जरुरी हुन्छ।

यस बारेमा समयमै जानकारी भएमा असुरक्षित यौन सम्पर्क र यसबाट हुने असरबाट बच्न सकिन्छ।

साथै किशोर किशोरीहरुलाई स्वास्थ्य सम्बन्धी सेवा मैत्रीपूर्ण व्यवहारमा दिनु पर्छ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको किशोर किशोरीहरुको स्वास्थ्य तथा विकास रणनीति ८८ मा पनि उल्लेख गरिएको छ।

कसैकसैले परिवार नियोजनका साधनहरु विवाहित व्यक्तिका लागि मात्र हुन् भन्ने सोचेको पाइन्छ, जुन यथार्थ होइन।

प्रजनन स्वास्थ्य सम्बन्धी रोकथाम सम्बन्धी जानकारी र सेवाहरु, कण्डम र परिवार नियोजनका अन्य साधनहरु नेपालका सबै स्वास्थ्य संस्थाहरुमा नि: शुल्क पाइन्छन्।

किशोर किशोरीहरुका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरुको उपचार स्वास्थ्य संस्थामा हुन्छ?

किशोर किशोरीहरुका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याको उपचार स्वास्थ्य संस्थामा हुन्छ।

स्वास्थ्यकर्मीहरुले किशोर किशोरीहरुलाई बिना भेदभाव मैत्रीपूर्ण स्वास्थ्य सेवा दिन्छन्।

किशोर किशोरीहरुलाई वयस्क व्यक्ति सरह उपचार तथा सेवा पाउने अधिकार हुन्छ।

हालका दिनहरुमा स्वास्थ्य संस्थाहरुले किशोर किशोरी मैत्री सेवा दिने प्रयास सुरु गरेका छन्।

त्यसैले आफ्नो नजिकको स्वास्थ्य केन्द्र वा अन्य कुनै संस्थामा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा भए नभएको पत्ता लगाउनु पर्दछ।

नेपालले हस्ताक्षर गरेको अन्तराष्ट्रिय मानव अधिकार सम्बन्धी महासन्धी आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र १९९६ मा स्वास्थ्य सेवा पाउने अधिकार छ, जसमा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा समेत पर्दछ।

यो महासन्धि अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त छ, जसमा हाम्रो देश नेपालले पनि हस्ताक्षर र अनुमोदन गरेको छ।.

तसर्थ किशोर किशोरीहरुले आफुलाई आवश्यक भएको सेवा लिनु पर्दछ यसका लागि हिचकिचाउनु पर्दैन।

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवणदृष्टि विहीनता भएका बालबालिकाको शौचालय सिप विकास स्रोत पुस्तिका

यस स्रोतले श्रवणदृष्टि विहीन बालबालिकाहरूलाई शौचालय सीप सिकाउनका लागि सरल र स्पष्ट मार्गदर्शन गरेको छ । हेरचाहकर्ता र शिक्षकहरूलाई बालबालिकाको स्वतन्त्रता र आत्मसम्मान बढाउनका लागि व्यवहारिक उपाय र तरिकाहरू दिएको छ ।

प्रशान्त कठायतको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।