यो कसको लागि उपयोगी हुनेछ?

यो सामग्री श्रवणदृष्टि विहीन तथा बहिरा बालबालिकाहरुका लागि निर्माण गरिएको हो। जो बालबालिका खासगरी प्रारम्भिक कक्षा तथा घरमा आधारित शिक्षामा आबद्द छन् उनीहरुको सिकाइलाई यसले सहयोग पुर्याउछ ।

प्रकाशित मिति
जुन 2023
सिर्जना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मनाव स्रोत बिकास केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
बिश्व शिक्षा

यस “मेला” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको  आवश्यकतालाई जोड दिइएको छ । यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न,  सिक्न,र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत  सिक्न सिकाउन मदत गर्दछ ।

ट्रांसक्रिप्ट: मेला

रमझम मेला । मानिसको भेला ।।

अनेकथरी खेल । हेर्न जाउँ मेला ।।

कोही सामान बेच्दै । कोही भने किन्दै ।

कोही खेल्दै । कोही भने हेर्दै ।।

गाउने, नाच्ने, रमाउने । हाम्रो बालबेला ।।

लागेछ हाम्रो गाउँमा । रमाइलो मेला ।

आऊ म साथी आऊ । मेला हेर्न जाउँ ।।

हाँसौं, गाऊँ, नाचौं । साथी साथी रमाऔँ ।।

मुख्य शब्दहरु

रमझम

मेला

मानिस

भेला

अनेकथरी

खेल

सामान

बेच्दै

किन्दै

हाम्रो

गाउँ

आऊ

साथी

जाऔं

हाँसौं

गाऔं

नाचौं

रमाऔँ

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

प्रशान्त कठायतको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।