यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
मे 2023
सिर्जना
भरतपुर महानगरपालिका तथा कालिका नगरपालिका
स्वीकारोक्ती
समाबेशी शिक्षा परियोजना

यस अभियानले प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच गर्ने अवसर सुनिश्चितमा आर्थिक अभाव, चेतनाको कमी र सामाजिक लगायतका बाधाहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। वातावरणको व्यवस्थापन गरेर शिक्षाको महत्त्वलाई जोड दिने पहलले सबै विद्यार्थीहरूको लागि दिगो परिवर्तन र शैक्षिक परिणामहरू सुधार गर्न खोज्छ। 

ट्रान्सक्रिप्ट: विद्यालय भर्ना अभियान

बच्चा: आमा, म पनि स्कुल जाने!

माँ: खै, सधै स्कुल जान खोज्छे।

उसको अवस्था देखेर स्कुलले भर्ना गरिदैन।.

के पो गर्नु र मैले?

माँ का दोस्त: के भनेको बहिनी?

कसले भर्ना लिन मानेन र?

माँ: कुनै पनि स्कुलले छोरीलाई भर्ना लिने मान्दैन, अध्यक्ष ज्यू।

नानीले साह्रै पढ्न मन गर्छे।

माँ का दोस्त : भोली बिहान १० बजे हाम्रै टोलको स्कुलमा नानीलाई लिएर आउनु, त्यही कुरा गरौला।

माँ: नमस्कार अध्यक्ष ज्यू!

अध्यक्ष: माँ का दोस्तयी नानीलाई बिधालय भर्ना गर्न पर्यो भनेर आएका हौं।

माँ का दोस्त: नानी एक जटिल प्रकारको अपाङ्गता भएका बालिका हुन्, र अहिले सम्म बिधालय भर्ना भएकै रहिनछिन्।

अध्यक्ष: यी नानीलाई कसरी पढाउने अलि गाह्रो हुने हो कि?

हामीसँग उनलाई पढाउने शिक्षक पनि छैनन्, फरक ठाउँ पनि छैन।

माँ का दोस्त: : त्यस्तो होइन, प्र.अ. ज्यू।.

सबै बालबालिकाले पढ्न पाउनुपर्छ।

उनीहरू अनुकूलको वातावरण त हामीले बनाउने हो नी।

नानीलाई आजै भर्ना गरौं।

स्थानीय निकायबाट गर्ने सहयोग हामी गर्छौं।

हाम्रो पालिकामा रहेका कोही पनि बालबालिका बिधालय शिक्षाबाट बन्चित हुनुहुँदैन।

सबै बालबालिकाले शिक्षा हासिल गर्न पाउने अधिकार हाम्रो संविधानले नै सुनिश्चित गरेको छ नी!!

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब – पुष्पराज रिमालको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।

श्रवणदृष्टि विहीनता भएका बालबालिकाको शौचालय सिप विकास स्रोत पुस्तिका

यस स्रोतले श्रवणदृष्टि विहीन बालबालिकाहरूलाई शौचालय सीप सिकाउनका लागि सरल र स्पष्ट मार्गदर्शन गरेको छ । हेरचाहकर्ता र शिक्षकहरूलाई बालबालिकाको स्वतन्त्रता र आत्मसम्मान बढाउनका लागि व्यवहारिक उपाय र तरिकाहरू दिएको छ ।

प्रशान्त कठायतको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।