यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
मे 2023
सिर्जना
भरतपुर महानगरपालिका तथा कालिका नगरपालिका
स्वीकारोक्ती
समाबेशी शिक्षा परियोजना

यस अभियानले प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच गर्ने अवसर सुनिश्चितमा आर्थिक अभाव, चेतनाको कमी र सामाजिक लगायतका बाधाहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। वातावरणको व्यवस्थापन गरेर शिक्षाको महत्त्वलाई जोड दिने पहलले सबै विद्यार्थीहरूको लागि दिगो परिवर्तन र शैक्षिक परिणामहरू सुधार गर्न खोज्छ। 

ट्रान्सक्रिप्ट: विद्यालय भर्ना अभियान

बच्चा: आमा, म पनि स्कुल जाने!

माँ: खै, सधै स्कुल जान खोज्छे।

उसको अवस्था देखेर स्कुलले भर्ना गरिदैन।.

के पो गर्नु र मैले?

माँ का दोस्त: के भनेको बहिनी?

कसले भर्ना लिन मानेन र?

माँ: कुनै पनि स्कुलले छोरीलाई भर्ना लिने मान्दैन, अध्यक्ष ज्यू।

नानीले साह्रै पढ्न मन गर्छे।

माँ का दोस्त : भोली बिहान १० बजे हाम्रै टोलको स्कुलमा नानीलाई लिएर आउनु, त्यही कुरा गरौला।

माँ: नमस्कार अध्यक्ष ज्यू!

अध्यक्ष: माँ का दोस्तयी नानीलाई बिधालय भर्ना गर्न पर्यो भनेर आएका हौं।

माँ का दोस्त: नानी एक जटिल प्रकारको अपाङ्गता भएका बालिका हुन्, र अहिले सम्म बिधालय भर्ना भएकै रहिनछिन्।

अध्यक्ष: यी नानीलाई कसरी पढाउने अलि गाह्रो हुने हो कि?

हामीसँग उनलाई पढाउने शिक्षक पनि छैनन्, फरक ठाउँ पनि छैन।

माँ का दोस्त: : त्यस्तो होइन, प्र.अ. ज्यू।.

सबै बालबालिकाले पढ्न पाउनुपर्छ।

उनीहरू अनुकूलको वातावरण त हामीले बनाउने हो नी।

नानीलाई आजै भर्ना गरौं।

स्थानीय निकायबाट गर्ने सहयोग हामी गर्छौं।

हाम्रो पालिकामा रहेका कोही पनि बालबालिका बिधालय शिक्षाबाट बन्चित हुनुहुँदैन।

सबै बालबालिकाले शिक्षा हासिल गर्न पाउने अधिकार हाम्रो संविधानले नै सुनिश्चित गरेको छ नी!!

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।