यो कसको लागि उपयोगी हुनेछ?

यो सामग्री श्रवणदृष्टि विहीन तथा बहिरा बालबालिकाहरुका लागि निर्माण गरिएको हो। जो बालबालिका खासगरी प्रारम्भिक कक्षा तथा घरमा आधारित शिक्षामा आबद्द छन् उनीहरुको सिकाइलाई यसले सहयोग पुर्याउछ ।

प्रकाशित मिति
जुन 2023
सिर्जना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मनाव स्रोत बिकास केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
बिश्व शिक्षा

यस “हात्तिको जुत्ता” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको  आवश्यकतालाई जोड दिइएको छ । यस भिडियोले किताबको आधा “त्” को संकेत र शब्दसमेत  सिक्न सिकाउन मदत गर्दछ ।

ट्रांसक्रिप्ट: हात्तिको जुत्ता

सानो हात्ती हुत्त हुत्तियो ।

त्यहाँ ठुलो पत्थर थियो ।

पत्थरमा ठोकिएर हात्तीलाई घाउ भयो ।

हात्तीले पत्थरमा लात्ती हान्यो । त्यसको घाउ भतभत पोल्यो ।

आमा हात्ती फुत्त आई । त्यसले तत्काल अस्पताल लगी ।

डाक्टरले जुत्ता लगाऊ भने ।

हात्तीलाई जुत्ता ! भनेर आमा हात्ती भुतभुताई ।

हात्ती जुत्ता किन्न गयो ।

भित्तामा जुत्ता झुन्डिएका थिए ।

हात्तीले जुत्ता थुत्त थुत्यो । त्यो सुलुत्त परेको थियो ।

हात्तीलाई जुत्ता मिलेन ।

कति बित्ताको जुत्ता? भनेर पसलेले भन्यो ।

हात्ती त्यहाँबाट फर्कियो । कोठामा गई बत्ती बाल्यो ।

भित्ताछेउ बाकस थियो । बाकस रित्तो थिएन ।

बाकसमा ठुलो जुत्ता थियो । हात्तीलाई सुरुमा पत्यार लागेन ।

आज हात्तीको जन्म उत्सव रहेछ ।

जुत्ता आमा हात्तीको कोसेली थियो ।

मुख्य शब्दहरु

हात्ती

हुत्त

पत्थर

लात्ती

फुत्त

तत्काल

अस्पताल

भित्ता

थुत्त

सुलुत्त

बित्ता

बत्ती

रित्ता

पत्यार

उत्सव

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?आवश्यक
This field is for validation purposes and should be left unchanged.

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।