विश्व जनसंख्याको करिब १६% प्रतिनिधित्व गर्ने अनुमानित १.३ अर्ब मानिसहरू हाल गम्भीर अपाङ्गता अनुभव गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ): अशक्तता र स्वास्थ्य तथ्य पत्र 2023
श्रवणदृष्टि विहीनता सम्बन्धि ग्लोबल रिसोर्स हबमा स्वागत छ, यो एक अनलाइन प्लेटफर्म हो जहाँ श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई पहुँचयुक्त सुचना, तथा स्रोत सामग्रीहरु उपलब्ध हुनेछन्।
यस हबले श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरुलाई सहयोग गर्ने बृहत सञ्जाललाई आवश्यक सुचनाहरुमा पहुँच उपलब्ध गराउने र सेवा सुविधा प्राप्तका लागि मार्गदर्शन गर्न ‘एकीकृत केन्द्र’ को रूपमा सेवा प्रदान गर्नेछ।
श्रवणदृष्टि विहीन व्यक्तिहरूसँग प्रत्यक्ष काम गर्दै, हामी हाम्रा आठ देशहरूको सीमाभन्दा बाहिरको संसारसँग उनीहरुलाई जोड्न सहयोग गर्न चाहन्छौं।
श्रवणदृष्टि विहीन व्यक्तिहरूलाई जीवनयापन, शिक्षा र प्रगतिका लागि सक्षम बनाउँदै
एनिमेसनका लागि वर्णनात्मक प्रतिलेखन
वर्णनकर्ता: विश्वभर करिब १.३ अर्ब मानिसहरूले गम्भीर किसिमको अपाङ्गता अनुभव गरेका छन् र उनीहरू जीवनका लागि आवश्यक डिजिटल सीप हासिल गर्न ३५% कम सम्भावनायुक्त छन्। हाम्रो निरन्तर परिवर्तनशील समाजमा तिनीहरूको सहभागिता मुख्य रूपमा पहुँचयोग्य वातावरण र प्रविधिमा निर्भर हुन्छ।
दृश्य वर्णन:
पृथ्वीको चित्र देखिन्छ । पृथ्वीको एक भाग पहेँलो रङले ढाकिएको छ, जुन बिस्तारै एनिमेसन भएर पाई चार्टमा बदलिन्छ। पहेँलो भागले ३५% देखाउँछ।स्क्रिनमा ‘१.३ अर्ब मानिसहरू’ भन्ने शब्द (टाइपराइटर शैलीमा) देखा पर्छ। पाई चार्टको तलतिर विभिन्न मानिसहरूको तस्बिरहरू देखा पर्छन्।क्यामेराले तलतिर ट्रयाक गर्छ र तीन डिजिटल सामग्रीहरू मोबाइल फोन, ट्याब्लेट, र ल्यापटप देखिन्छन् ।
वर्णनकर्ता: श्रवणदृष्टि विहिनता भएका पाँचजना बालबालिकामध्ये एक जना मात्र प्राथमिक विद्यालयमा भर्ना भएका हुन्छन्, र उनीहरूका आफ्ना साथीहरुसँग तुलनामा दस गुणा कम रोजगारी पाउने सम्भावना हुन्छ।
दृश्य वर्णन: बच्चाहरू दौडिरहेको दृश्य सकिन्छ, जसको चारैतिर पहेँलो रेखाले झिलिमिली पारिएको छ। तिनीहरू भवनहरू छिचोल्दै खाली सेतो स्थानतर्फ दौडिन्छन्। त्यसपछि क्यामेरा अर्को दृश्यतर्फ सर्छ, जहाँ एक युवक शहरको पृष्ठभूमिमा उभिएको देखिन्छ, उसको वरिपरि पनि पहेँलो रेखाले झिलिमिली पारिएको छ।
वर्णनकर्ता: ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हबले ७ भाषाहरुमा पहुँचयोग्य सामग्री, स्रोतहरू, र जानकारी प्रदान गरेर यसलाई परिवर्तन गर्ने लक्ष्य राख्दछ, जसले श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरू र तिनीहरूको सहयोग नेटवर्कलाई जडान र सशक्त बनाउँछ।
दृश्य वर्णन: क्यामेरा क्रस गरेर ‘ग्लोबल डेफब्लाइन्डनेस हब’ भन्ने शब्द स्क्रिनमा एनिमेट हुँदै देखा पर्छ र टाइपराइटर शैलीमा हाइलाइट गरिएको हुन्छ । स्क्रिनमा विभिन्न डिजिटल प्रतीकहरू (जस्तै कम्प्युटर र ल्यापटप जस्ता डिजिटल आइकनोग्राफी) देखा पर्छन् । डिजिटल प्रतीकहरू हराएर जान्छन् र त्यसपछि ‘स्रोत’ शब्द सात विभिन्न भाषामा उक्त शब्दको वरिपरि देखा पर्छ।
वर्णनकर्ता: तान्जानियाबाट एलिसलाई चिनौं। एलिस नौ वर्षीया श्रवणदृष्टि विहिनता बालिका हुन्।
दृश्य वर्णन: एलिस स्क्रिनको बीचमा देखा पर्छिन्, उनलाई निलो जस्तै देखिने रंगको रेखाले झिलिमिली बनाएको हुन्छ।
वर्णनकर्ता: उनी तन्जानियाका ग्रामीण क्षेत्रमा आफ्नो परिवारसँग बस्छिन् र उनका धेरै दाजु-बहिनीहरू छन्, जसले उनलाइ दैनिक गतिविधि र खेलकुदमा सहयोग गर्छन् ।
दृश्य वर्णन: एलिस दायाँ तर्फ सर्छिन् र स्क्रिनको बायाँतिर कक्षाकोठामा आफ्नो डेस्कमा बसेका साना बालबालिकाहरूको हात उठाएको तस्बिर देखिन्छ ।
स्क्रिनमा पाँच जना बालबालिकाहरू स्कूल पोशाक लगाएर स्कूलबाट बाहिर निस्किरहेको र उनीहरूलाई वरिपरि पहेंलो रेखाले झिलिमिली बनाएको देखाइन्छ। एलिस अझै पनि स्क्रिनको दायाँ तर्फ छिन् ।
वर्णनकर्ता: धेरै वर्षसम्म, एलिस विद्यालय जान असमर्थ थिइन्, जसले उनको सामाजिक र बौद्धिक विकासलाई ढिलाइ गर्यो। उनको संसार केवल उनका नजिकका वातावरणमा सीमित थियो।
दृश्य वर्णन: छिटो जूम आउट गरेर एलिसको घरसँगै रहेको विद्यालय देखिन्छ। अन्य बालबालिकाहरू स्कूलतर्फ बायाँ तर्फ दौडिरहेका छन् (कटआउट स्लाइडिङ एनिमेसन)। क्यामेराले घरमा एक्लै छोडिएको एलिसलाई जूम इन गर्छ।
वर्णनकर्ता: त्यो त सेन्स इन्टरनेशनल संलग्न नभएसम्मको कुरा हो।
दृश्य वर्णन: एलिस र घर बिस्तारै हराउँछन् र ‘सेन्स इन्टरनेशनल’ शब्द बबलको बीचमा एनिमेट हुँदै देखा पर्छ।
वर्णनकर्ता: सेन्स इन्टरनेशनलले एलिसकी आमालाई ग्लोबल डिफब्लाइन्डनेस रिसोर्स हबसँग परिचित गरायो ।
दृश्य वर्णन: पाठ हराउँछ र क्यामेरा दुई अफ्रिकी महिलाहरूको तस्बिरमा जूम इन गर्दछ (एक शिक्षिका र एलिसकी आमा)। एलिसकी आमा ट्याब्लेट समातेकी हुन्छिन्।
डिजिटल सामग्रीहरू (ल्यापटप, ट्याब्लेट र मोबाइल फोन) दुवै महिलाको माथि ग्लोबल डिफब्लाइन्डनेस रिसोर्स हबका स्क्रिनसटहरु सहित देखा पर्छन् ।
वर्णनकर्ता: उनलाई विशेष प्रशिक्षण भिडियोहरू देखाइयो, जसमा एलिसका लागि मार्गदर्शक र इन्द्रियजन्य सकृय गतिविधिहरू समाबेश गर्यो ।
दृश्य वर्णन: एक ट्याब्लेट समतल अवस्थाबाट ठाडो अवस्थामा घुम्छ र हबका स्क्रिनसटहरू देखाउँछ । स्क्रिनमा ‘गाइडहरू’, इन्द्रियजन्य सकृयता, र ‘गतिविधिहरू’ देखा पर्छन्।
वर्णनकर्ता: एलिस त्यसपछिको समयदेखि समृद्ध हुँदै आएको छ र नियमित रूपमा विद्यालय जान्छिन्, विशेष शिक्षकसँग मिलेर हब प्रयोग गर्छिन् । एलिस र उनका साथीहरु समुदायका गतिविधिहरूमा पनि सहभागी हुन्छिन् ।
दृश्य वर्णन: ट्याब्लेटबाट थुप्रै थोप्ला भएका रेखाहरू बाहिर निस्कन्छ र विभिन्न विन्डोहरूतर्फ जान्छ। पहिलो विन्डोमा एलिस र उनका शिक्षकलाई हबमा स्क्रोलिङको फ्रेम पनि देखिन्छ। हबको एक भिडियोको स्क्रिनशट छ र “कक्षाकोठाका टुलकिटहरू” र “सहायक प्रविधि” शब्दहरू स्क्रिनको वरिपरी नीलो बुलबुलामा देखा पर्छन् । क्यामेरा जूम आउट हुन्छ र अर्को विन्डोमा सर्छ, जहाँ एलिसकी आमा ट्याब्लेट समातेकी हुन्छिन् र हबमा स्क्रोलिङको जूम फ्रेम देखिन्छ। “अभिभावक गाइडहरू”, “स्वास्थ्य सुझावहरू” र “पुस्तकहरू” शब्दहरू नीलो बुलबुलामा स्क्रिनको चारैतिर देखा पर्छन् । क्यामेरा जूम आउट गरेर अर्को चित्रमा सर्छ जहाँ एलिस र एक साथी सँगै पढिरहेका छन्, र त्यसपछि अर्को चित्रमा सर्छ जहाँ एक समूह बालबालिका एउटा ट्याब्लेटमा हेरिरहेका छन् जुन एक युवतीले समातिरहेकी छिन्।
वर्णनकर्ता: ग्लोबल डिफब्लाइन्डनेस रिसोर्स हब धेरै बालबालिका र वयस्कहरूका लागि, जसरी यसले एलिसका लागि गर्यो, संसारका बाँकी भागसँग जडानको झ्याल बन्न सक्छ ।
दृश्य वर्णन: तस्बिरहरू एक-एक गरी हराउँछन्, र “द हब” लेखिएका शब्द र ट्याब्लेटमा जसको स्क्रिन खाली छोडिन्छ । क्यामेरा ट्याब्लेटमा जूम इन गर्दछ, जहाँ पृथ्वीको चित्र देखा पर्छ र जसमा हल्का रङका ‘किरण’हरू (सूर्यको किरणजस्तै) निस्किरहेका हुन्छन्।
वर्णनकर्ता: संगै, हामी पहुँचयोग्य स्थानहरू र स्रोतहरू निर्माण गर्न सक्छौं, जसले सबैलाई, एलिसजस्तै, समावेश र जोडिन सुनिश्चित गर्दछ।
दृश्य वर्णन: पृथ्वीको चित्र बिस्तारै हराउँछ र सेतो पृष्ठभूमिमा सेन्स इन्टरनेशनलको लोगो देखा पर्छ।
“Connect. Learn. Share” शब्दहरू छिटो देखा पर्छन्, साथै वेबसाइट लिंक (https://deafblindness.info/) पनि देखा पर्छ।
अन्त्यमा, ‘Global Deafblindness Resource Hub’ लोगो र ‘Nelumbo Stiftung’ लोगो स्क्रिनको बीच तल्लो भागमा देखा पर्छ।
सहयोग प्राप्त गर्न सुरुवात गरौं
श्रवणदृष्टि विहीनता भनेको के हो
यो पेजमा श्रवणदृष्टि विहीनताका ’boutमा व्याख्या गरिएको छ । यसमा श्रवणदृष्टि विहीनताका विभिन्न प्रकारहरू’bout पनि जानकारी समावेश छ । साथै, भरखरै जन्मेको बालबालिका र वयस्कमा यसका कारणहरू, यसको निदान, यसका लक्षणहरू र यसको अन्तर्निहित कारणको उपचार र अवस्थाको व्यवस्थापन’bout पनि जानकारी छ ।
श्रवणदृष्टि विहीन व्यक्तिहरूसँग सञ्चार गर्ने तरिका
सञ्चार गर्ने र सम्पर्क स्थापित गर्ने हजारौँ तरिकाहरू छन् – जस्तै, बोलेर, साङ्केतिक भाषा प्रयोग गरेर, स्पर्श, शारीरिक हाउभाउ, ध्वनी, चित्र, वस्तुहरू वा विद्युतीय सहयोगी सामग्रीको प्रयोग गरेर ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धी
यो अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीमा व्याख्या गरिए बमोजिमका अपाङ्गता भएका व्यक्तिका केही अधिकार सम्बन्धी छोटो प्रस्तुती हो ।
श्रवणदृष्टि विहीन बालबालिकालाई सुरुवाती वर्षहरूमा कसरी सहयोग गर्ने
बालबालिका जन्मेको पहिलो वर्ष बाबुआमाको लागि धेरै सिक्ने वर्ष हो । यहाँ तपाईंले गम्भिर अपाङ्गता भएका बालबालिकाका बाबुआमा वा स्याहारकर्ताले धेरै सोध्ने केही प्रश्नहरूको जवाफ पाउनुहुनेछ ।
शिक्षण, हेरचाह, सिकाइ र प्रगतिको लागि स्रोतहरू
- जीवन र शिक्षा
- स्थानीय समाचारहरु
- किताबहरू
- विशेषज्ञ र प्राविधिक
- मोबाइल एपहरु
- सहायक प्रबिधी
- श्रवणदृष्टि विहीनता सम्बन्धी बुझाइ
- स्थानीय समर्थन
दिपकको सिकाइ प्रतिको रुचि

“दिपकले अन्य बालबालिकका जस्तै शिक्षामा पहुँचयुक्त वातावरण पाउनुपर्छ, जसले उनलाई निरन्तर प्रगति गर्न सक्षम बनाउँछ।“
दिपकका शिक्षक