Nepal
श्रवणदृष्टि विहीन बालबालिकालाई सुरुवाती वर्षहरूमा कसरी सहयोग गर्ने
बालबालिका जन्मेको पहिलो वर्ष बाबुआमाको लागि धेरै सिक्ने वर्ष हो । यहाँ तपाईंले गम्भिर अपाङ्गता भएका बालबालिकाका बाबुआमा वा स्याहारकर्ताले धेरै सोध्ने केही प्रश्नहरूको जवाफ पाउनुहुनेछ ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धी
यो अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीमा व्याख्या गरिए बमोजिमका अपाङ्गता भएका व्यक्तिका केही अधिकार सम्बन्धी छोटो प्रस्तुती हो ।
श्रवणदृष्टि विहीन व्यक्तिहरूसँग सञ्चार गर्ने तरिका
सञ्चार गर्ने र सम्पर्क स्थापित गर्ने हजारौँ तरिकाहरू छन् - जस्तै, बोलेर, साङ्केतिक भाषा प्रयोग गरेर, स्पर्श, शारीरिक हाउभाउ, ध्वनी, चित्र, वस्तुहरू वा विद्युतीय सहयोगी सामग्रीको प्रयोग गरेर ।
श्रवणदृष्टि विहीनता भनेको के हो
यो पेजमा श्रवणदृष्टि विहीनताका बारेमा व्याख्या गरिएको छ । यसमा श्रवणदृष्टि विहीनताका विभिन्न प्रकारहरूबारे पनि जानकारी समावेश छ । साथै, भरखरै जन्मेको बालबालिका र वयस्कमा यसका कारणहरू, यसको निदान, यसका लक्षणहरू र यसको अन्तर्निहित कारणको उपचार र अवस्थाको व्यवस्थापनबारे पनि जानकारी छ ।
श्रवणदृष्टि विहीनता गमनशिलता र अभिमुखिकरण अभिभावकहरुका लागि सजिलो हाते पुस्तिका
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
अपाङ्गताको परिचय र वर्गीकरण सम्बन्धी हाते पुस्तिका
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
अपाङ्गता परिचयपत्र वितरण तथा प्राप्त गर्ने प्रक्रियाहरुको संगालो
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
सूचना तथा सञ्चारमा अपाङ्गता भएका व्यक्तिको पहुँचको अवस्था तथा आवश्यकता लेखाजोखा सम्बन्धी प्रतिवेदन
यस स्रोतले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सञ्चार प्रणालीहरू कत्तिको पहुँचयोग्य छन् भन्ने मूल्याङ्कन गर्छ, जहाँ रहेका समस्याहरूलाइ सुधार गर्न आग्रह गर्छ र उनीहरूले समाजमा पूर्ण रूपमा सहभागी हुन सकून्।
पानी (भिडियो)
यस “पानी” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको आवश्यकतालाई जोड दिइएको छ ।यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न,र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मदत गर्दछ ।
नेपालको हिमाल (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।