यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
सेप्टेम्बर 2022
सिर्जना
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
समाबेशी शिक्षा परियोजना, सेन्स इन्टर्नेशनल र यूकेएआइडी

सूचित छनौटहरू र स्वास्थ्य सेवाहरूमा पहुँचको महत्त्वलाई हाइलाइट गरेर, स्रोतले व्यक्तिहरूलाई उनीहरूको प्रजनन स्वास्थ्य नियन्त्रण गर्न सशक्त बनाउने लक्ष्य राख्छ। यसले शिक्षा र जागरूकता पहलहरूको वकालत गर्दछ जसले स्वस्थ प्रजनन अभ्यासहरूको लागि बुझाइ र समर्थनलाई बढावा दिन्छ, अन्ततः स्वस्थ जनसंख्या र समाजहरूमा योगदान पुर्‍याउँछ। 

ट्रान्सक्रिप्ट: प्रजनन स्वास्थ्य भनेको के हो?

प्रजनन स्वास्थ्य भनेको प्रजनन प्रणाली यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु वा बिरामी नहुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट समेत पूर्ण रुपमा स्वस्थ रहनु हो ।


अर्थात, प्रजनन स्वास्थ्य भन्नाले मानिसको प्रजनन प्रणाली, प्रजनन अंगहरुको स्वास्थ्य र प्रजनन र यौन सम्बन्धी सबै बिषयहरु भन्ने बुझाउँदछ ।

यस अन्तर्गत व्यक्तिहरुले सुरक्षित र आनन्दमय यौन जीवनयापन गर्न सक्षम छन्, तिनीहरुमा सन्तान जन्माउने क्षमता छ, सन्तान जन्माउने,  नजन्माउने, कहिले सन्तान जन्माउने, कति समयमा सन्तान जन्माउने भन्ने निर्णय गर्ने स्वतन्त्रता छ भन्ने कुराहरु पर्दछन् ।

पुरुष र महिलालाई सुरक्षित, प्रभावकारी, आर्थिक रुपले हासिल गर्न सकिने, स्वीकार्य र आफ्नो छनोट अनुसारको परिवार नियोजन साधन सम्बन्धी सु-सुचित भइ उक्त साधन सम्मको पहुँच र उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार होस् । जसमा महिलाहरु सुरक्षित गर्भधारण र प्रशव सम्बन्धी सेवा प्राप्त गर्न सक्षम भएको हुनुपर्दछ ।

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब – पुष्पराज रिमालको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।

श्रवणदृष्टि विहीनता भएका बालबालिकाको शौचालय सिप विकास स्रोत पुस्तिका

यस स्रोतले श्रवणदृष्टि विहीन बालबालिकाहरूलाई शौचालय सीप सिकाउनका लागि सरल र स्पष्ट मार्गदर्शन गरेको छ । हेरचाहकर्ता र शिक्षकहरूलाई बालबालिकाको स्वतन्त्रता र आत्मसम्मान बढाउनका लागि व्यवहारिक उपाय र तरिकाहरू दिएको छ ।

प्रशान्त कठायतको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।