यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
सेप्टेम्बर 2025
सिर्जना
राष्ट्रिय बहिरा महासंघ नेपाल, सेन्स ईन्टरनेशनल ईण्डिया, सेन्स ईन्टरनेशनल, युकेएड

यो स्रोत अपाङ्गता, सिकाइमा कठिनाई वा कार्यात्मक सीमितता भएका बालबालिकाहरूलाई महिनावारी सरसफाइ व्यवस्थापन सम्बन्धी आवश्यक जीवन सीप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले बालबालिकालाई आत्मविश्वासका साथ व्यक्तिगत सरसफाइका कार्यहरू सम्पन्न गर्न सहज बनाउने स्पष्ट र क्रमिक विधिहरू प्रस्तुत गर्दछ।

स्रोतमा प्याड तथा कपडाहरूको पहुँच, सुरक्षित स्थानको प्रयोग, महिनावारीका बेला सरसफाइको तरिका लगायतका विषयमा चरणबद्ध निर्देशनहरू समावेश गरिएको छ, जसले बालबालिकालाई आत्मनिर्भर र स्वाभिमानी बन्न मद्दत पुर्‍याउँछ।

डाउनलोडहरू

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।

खाना खाने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई आत्मनिर्भर दैनिक जीवनयापनका लागि आवश्यक खाना खाने सिप विकास गर्न सहयोग गर्ने क्रमबद्ध मार्गदर्शिका हो।