यो कसको लागि उपयोगी हुनेछ?

शिक्षकहरू

प्रकाशित मिति
अप्रील 2026
सिर्जना
Sense International Kenya

मूलधारका विद्यालयमा श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकालाई समावेश गर्दा अभिभावक र शिक्षकहरूले प्रायः विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ। कक्षाकोठाभित्र उनीहरूलाई कसरी सहयोग गर्ने, कसरी सिकाइ प्रक्रियामा सक्रिय सहभागी बनाउने भन्नेबारे स्पष्ट मार्गदर्शन नहुँदा अन्योल उत्पन्न हुन सक्छ। यस्तो अवस्थामा कक्षाकोठालाई उपयुक्त रूपमा अनुकूलन गर्नु अत्यन्त आवश्यक हुन्छ।

यस सामग्रीले श्रवण दृष्टिविहीन अपाङ्गता भएका विद्यार्थीहरूलाई सुरक्षित, सहज र प्रभावकारी सिकाइ वातावरण उपलब्ध गराउन के–कस्ता व्यवहारिक उपाय अपनाउन सकिन्छ भन्नेबारे स्पष्ट मार्गदर्शन प्रदान गर्दछ।

▪ विद्यालयमा भर्ना भएपछि विद्यार्थीलाई कक्षा, पुस्तकालय, शौचालय, खेलमैदान आदि स्थानहरूको व्यवस्थित अभिमुखीकरण गराउनुहोस्, ताकि उनीहरूले स्थानको बनावट र दिशा सजिलै बुझ्न सकून्।

▪ कक्षाकोठामा प्रयोग हुने सबै शैक्षिक सामग्री, फर्निचर र उपकरणहरू निश्चित स्थानमा व्यवस्थित रूपमा राख्नुहोस्। प्रत्येक सामग्री र स्थान क्रमशः चिनाइदिनुहोस्, जसले गर्दा विद्यार्थीले आवश्यक वस्तु स्वतन्त्र रूपमा भेट्टाउन सकून्।

▪ कक्षाकोठामा पर्याप्त प्रकाशको व्यवस्था गर्नुहोस् र पृष्ठभूमिको अनावश्यक आवाज कम गर्ने व्यवस्था गर्नुहोस्, ताकि ध्यान केन्द्रित गर्न सजिलो होस्।

▪ श्रवण दृष्टिविहीन अपाङ्गता भएका विद्यार्थीहरूलाई कक्षाको अगाडिको पंक्तिमा बस्ने व्यवस्था मिलाउनुहोस्। यसले शिक्षक–विद्यार्थी अन्तरक्रिया सहज बनाउँछ। शिक्षकले स्पष्ट र केही उच्च स्वरमा बोल्ने तथा ब्ल्याकबोर्डमा ठूला र स्पष्ट अक्षरमा लेख्ने अभ्यास गर्नुपर्छ।

▪ सम्भव भएसम्म शिक्षण–सिकाइ सामग्री, नमूना वस्तु तथा स्पर्श गर्न मिल्ने सामग्री प्रयोग गर्नुहोस्, जसले अवधारणा बुझ्न प्रभावकारी सहयोग पुर्याउँछ।

▪ विद्यार्थीको रोजाइको सञ्चार माध्यम (साङ्केतिक भाषा, मौखिक भाषा, स्पर्श–आधारित भाषा आदि) पहिचान गरी सोही माध्यमबाट नियमित र सम्मानपूर्वक संवाद गर्नुहोस्।

▪ अन्य विद्यार्थीहरूलाई आफ्ना श्रवण दृष्टिविहीन सहपाठीलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे सचेत र संवेदनशील बनाउनुहोस्।

▪ विद्यार्थीको प्रगति, चुनौती र आवश्यकताबारे अभिभावकसँग नियमित छलफल तथा बैठक आयोजना गर्नुहोस्, जसले घर–विद्यालय सहकार्यलाई सुदृढ बनाउँछ।

डाउनलोडहरू

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाहरुका लागि संगीत र चलायमानताः एक व्यवहारिक मार्गदर्शन

यस मार्गदर्शनले हेरचाहकर्ताहरू र शिक्षकहरूलाई संगीत र आन्दोलनको प्रयोग गरी बहिरे-अन्धापन भएका बच्चाहरूको सिकाइ, सञ्चार, र समावेशितालाई समर्थन गर्ने व्यावहारिक उपायहरू प्रस्ताव गर्दछ।

श्रवण दृष्टिविहिन अपाङ्गता भएका बालबालिकाहरुका लागि चलायमानता तथा सुझबुझजन्य खेलहरुः अभिभावक तथा हेरचाहकर्ताका लागि व्यवहारिक मार्गदर्शन

यो स्रोतले बधिरअन्ध बच्चाहरूमा शारीरिक, संवेदी, र सामाजिक विकासलाई समर्थन गर्न रोलिङ, संवेदी ट्रेहरू, र बल खेल जस्ता खेल र गतिविधिहरू प्रयोग गर्ने बारे चरण-दर-चरण मार्गदर्शन प्रदान गर्दछ।

ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब – पुष्पराज रिमालको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।